अागामी सेप्टेम्बर १६ मा एनअारएनए बेल्जियमकाे साधारणसभा हुँदै , यस्तो छ तयारी

305 Hits

बेल्जियम, २२ भदौ ।

गैर आवासीय नेपाली संघ बेल्जियमको वार्षिक साधारण सभा अागामी सेप्टेम्बर १६ मा हुने निश्चित भएकाे छ ।

संघको नियमित साधारणसभा आगामी १६ सेप्टेम्बरमा आन्त्रोपेनमा हुन लागेको संघका अध्यक्ष लाेक प्रसाद दाहालले जानकारी दिए ।

बेल्जियमस्थित संघका पंन्जिकृत सदस्यहरुलाई संस्थाको तर्फबाट प्रबक्ता दीपेन्द्र केसी महासचिव आंगमाया लामाले पत्रचार गरिसकेका छन् । साधारणसभालाई सफल पार्न अनुजा प्रधानको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन उपसमिति समेत गठन भएको छ ।
आगामी वर्षको लागि कार्ययोजना समेत प्रस्तुत हुने सो सभामा विद्यान संसोधन हुने विद्यान समितिका संयोजक तथा निवर्तमान गंगाधर गौतमले जनाए ।

अध्यक्ष दाहालले गैर आबासिय नेपाली संघका केन्द्रिय अध्यक्ष लगायत पदाधिकारी, बर्तमान तथा पुर्ब संरक्षकहरु र छिमेकी राष्ट्रका अध्यक्ष तथा आई सि सि सदस्यहरुलाई समेत उपस्थितिको लागि निमन्त्रणा गरिएकाे बताए ।

यस्तो छ दाहालले जारी गरेकाे पत्र-

गैर आबासिय नेपाली संघ बेल्जियमका सम्पुर्ण पन्जिकृत सदस्य ज्युहरु, नेपाली दूतावास ब्रसेल्स परिबार,बेल्जियममा स्थापित बैचारिक,सामाजिक, जातिय, क्षेत्रीय सस्थामा आवद्ध मित्रहरू, पत्रकार बन्धुहरु एबं समस्त नेपाल समुदायहरुमा हार्दिक अनुरोध तथा जानकारी छ

NRNA बेल्जियमको आगामी १६ सेप्टेम्बरमा बार्सिक साधारण सभा सम्बन्धि सुचना यहाँहरुको माझमा सस्थाको तर्फबाट प्रबक्ता/ महासचिव र ब्यबस्थापन सम्योजक मार्फत जानकारी भएकै छ सस्थाको बार्सिक साधारण सभाले बर्ष भरी गरेका कार्य प्रगति र आगामी बर्षमा गर्ने सम्भाबित कार्ययोजना मा छलफल र निर्णय गर्नेनै छ यसको अलबा गैर आबासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले पहिलो पल्ट आगामी अक्टोबर मा काठमाडौमा बिधान सभा आयोजना गरेको समेत सबैमा स्मरण गराउदै बिधान सभामा NRNA बेल्जियमको तर्फबाट बिधान सम्सोधन र परिमार्जनका बिषयमा समेत लिखित अबधारणा पेश गर्न आबस्यक रहेकोे हुँदा बिधान समितिले गत बैठक बाट छलफल गरि तयार गरेका आबस्यक बुदाहरु सहित साधारण सभाले पारित गरि रास्टिय समन्वय परिषद को बिधान र केन्द्रिय बिधान सभालाई लिखित सुझाव पठाउन अति आबस्यक रहेको हुँदा यस बार्सिक साधारण सभालाई बिशेश महत्त्व का साथ ग्रहण गरि उपस्थिति को लागि सम्पुर्ण पार्सदहरुलाई सादर अनुरोध गर्दै गैर आबासिय नेपाली संघका केन्द्रिय अध्यक्ष लगायत पदाधिकारी, बर्तमान तथा पुर्ब संरक्षकहरु र छिमेकी राष्ट्रका अध्यक्ष तथा आई सि सि सदस्यहरुलाई समेत उपस्थितिको लागि सादर अनुरोध गर्दछु

लोक दाहाल, अध्यक्ष

NRNA बेल्जियम

Loading...

Related News

एनअारएन बेल्जियमले शुरू गर्याे नयाँ सदस्यता वितरण

बेल्जियम, ८ जेठ – नेपालबाट विभिन्न पेशा व्यवसाय र उद्वेश्यले बेल्जियम रहेका गैर आबासीय नेपालीहरूलाई गैर अावासिय नेपाली संघ बेल्जियमले…

पोर्चुगलमा भएको खेलमा वेल्जीयम टिम विजयी, पायो यस्तो उपाधी

काठमाडौं, ४ बैसाख । एनआरएन पोर्चुगलको आयोजनामा सम्पन्न यूरोपस्तरीय नेपाली फूटवल प्रतियोगितामा एन आर एन बेल्जियमले विजय हासिल गरेको छ…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी