नेकपा अध्यक्ष प्रचण्ड भारत प्रस्थान, विमानस्थलमा भव्य विदाई

189 Hits

काठमाडौं, २१ भदौ ।

नेकपाका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अाज तीनदिने अाैपचारिक भ्रमणको क्रममा मित्रराष्ट्र भारत प्रस्थान गरेका छन् ।

उनलाई त्रिभुवन विमानस्थलमा भव्य विदाई गरिएको ६ । विमानस्थलकाे भिअाइपि कक्षमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पाैडेल सहित नेता कार्यकर्ताले उनकाे भव्य विदाई गरेका थिए ।

भारतीय सरकारको अाैपचारिक निमन्त्रणामा आज भारत जान लागेका  उनको भ्रमण टोलीमा पत्नी सीता दाहालसँगै छोरी गंगा, स्वकीय सचिव जोखबहादुर महरा र प्रेस सहयोगी सूर्यकिरण शर्मा रहनेछन् ।

प्रचण्डको भ्रमण भारतसँगको सम्बन्ध सुधारमा केन्द्रित हुने बताइएको छ । उनले यसका लागि विभिन्न राजनीतिक भेटघाट तथा छलफल गर्नेछन् ।

प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार, प्रचण्ड दिल्ली पुगेलगत्तै बिहीबारदेखि नै भेटघाट तथा छलफलमा व्यस्त हुनेछन् । उनी आजै दूतावासले आयोजना गरेको छलफल कार्यक्रममा सहभागी हुनेछन् ।

प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै त्यहाँका मन्त्रीहरुसँग महत्त्वपूर्ण भेटघाट गर्ने तयारी छ । प्रचण्डले मोदी र त्यहाँका मन्त्रीसँग गर्ने भेटघाटलाई चासोका साथ हेरिएको छ ।

शुक्रबार उनले इन्डियन काउन्सिल अफ वर्ल्ड अफेयर (आईसीडब्लूए) को कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रचण्डले विदेशमन्त्री सुष्मा स्वराजसँग लन्च मिटिङ पनि गर्नेे सेडुअल छ  । त्यसपछि उनले बुद्धीजीवी र पत्रकारसँग पनि छलफल तथा भेटघाट गर्ने तय भएको छ । प्रचण्ड भदौ २४ गते स्वदेश फर्कनेछन् ।

Loading...

Related News

अर्को हप्ता नेपालमा मनसुन अाउँदै : यस वर्ष १ हप्ता ढिलाे

काठमाडौँ,२७ जेठ । उहिले उहिले असार लाग्दै गर्दा आकाशको बादल हेरेर किसान धानका बिउ राख्थे । तर अब मौसम हेर्ने…

सेनापतिकाे अर्को एक्सन : पहिलाेपटक शैक्षिक प्रमाणपत्र छानविन शुरू

काठमाडौं, २२ बैसाख – नेपाली सेनाले सैन्य कर्मचारीहरूको शैक्षिक प्रमाणपत्र छानबिन थालेको छ । अहिले परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा जवान…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का