प्राधिकरण फेरि जाग्यो, १० दिनमा समातिए ७३० विद्युत् चोर

39 Hits

काठमाडौं । चोरी नियन्त्रणमा सुस्ताएको र भारतबाट विद्युत् खरिदमा मात्रै अग्रसर भएको भन्दै पछिल्ला दिनमा नेपाल विद्युत् प्राधिकरणको चर्को आलोचना भएको थियो ।

देशव्यापी रुपमा नै चोरी नियन्त्रणका लागि प्राधिकरण सुस्ताएकै थियो । गत आव करिब ३ प्रतिशत चुहावट घटाउन सफल भएको भन्दै प्राधिकरणको प्रशंसा भए पनि पछिल्लो चार महिनामा प्राधिकरण करिब करिब चुपचापकै अवस्थामा रहेको थियो ।

प्राधिकरणले कुनै पनि चासो नदिँदा समस्या बढेको चौतर्फी गुनासो आएपछि पछिल्लो १० दिनदेखि प्राधिकरण आक्रामक रुपमा चोरी तथा हुकिङ नियन्त्रण अभियानमा लागेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सञ्चालनमा ल्याएको पैसा नलाग्ने ११५१ नम्बरको हटलाइन नम्बरमा समेत देशव्यापी रूपमा नै विद्युत् चोरी भइरहेको भन्दै गुनासो आएको थियो । हरेक शुक्रबार सञ्चालन हुने सो कार्यक्रममा मात्रै एक दर्जन बढी गुनासो चोरीसँग जोडिएका विषय उठेका थिए ।

देशव्यापी रुपमा नै चोरी बढेको गुनासो आएपछि प्राधिकरणले चोरी नियन्त्रण अभियानलाई पुनः अगाडि बढाएको छ । पछिल्लो १० दिनमा मात्रै प्राधिकरणले देशभर गरेको कारबाहीमा ७३० जना विद्युत् चोरीमा संलग्नलाई कारबाही गरेको छ ।

गत साउन १ देखि १५ गते अवधिमा चोरीमा संलग्नलाई कारबाही गरेर ३७ लाख ८७ हजार ८९ रुपैयाँ असुल गरिएको छ । ५८ हजार ८ सय ५० ग्राहक रहेको वितरण केन्द्रअन्तर्गत ९.९२ प्रतिशत विद्युत् चुहावट हुँदै आएको छ । यस्तै १२.५२ प्रतिशत रहेको चुहावट गत आवमा घटाएर ९.९२ प्रतिशतमा झारिएको छ ।

विद्युत्को बाँकी महशुल नतिर्ने ग्राहकको पनि लाइन काटेर कारबाही गरिएको ग्राहक सेवा निर्देशनलायले जनाएको छ ।
यस्तै समयमा महशुल नबुझाउने १२५ घरको लाइन काटेर २३ लाख ९३ हजार २ सय ६७ असुल गरिएको छ । केही ग्राहकको वर्गीकरण सुधार गरी १७ लाख १८ हजार ९ सय ८७ रकम उठाइएको छ ।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी