पार्किङमा राखिएका कारमा भेटियो ३२ वर्षे युवाको शव

44 Hits

काठमाडौं–स्वयम्भुमा पार्किङ गरेर राखिएको कारमा ३२ वर्षे युवाको शव फेला परेको छ ।

स्वयम्भुनाथको पश्चिममा रहेको पार्किङस्थलमा राखिएको बा ७ च ७०२१ नम्बरको मारुती स्वीफ्ट भित्र नैकाप बस्ने ३२ वर्षका श्याम श्रेष्ठको शव फेला परेको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले जानकारी दिए ।

उनको दुई, तीन दिन अघि नै मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।  कारमा भेटिएका श्रेष्ठले वान्ता गरेको पाइएको छ । उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ ।

कारबाट नजिक रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी