सिरहामा फेरि अर्की युवती सामूहिक बलात्कारको सिकार, २ जना अभियुक्त फरार

35 Hits

काठमाडौं, २१ भदौ।

सिरहामा फेरि एक युवती बलात्कारको सिकार भएकी छन् । यहाँको मिर्चैया बजारमा एक युवतीलाई ३ जनाले बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।

घटनापछि प्रहरीले बलात्कारमा संलग्न १ जनालाई समातेको । समातिने मिर्चैया नगरपालिका–५ का रितेश साह हुन् । उनी घटनाका मुख्य अभियुक्त रहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार उदयपुरकी ती युवती भदौ ११ गते उपचार गराउन मिर्चैया आएकी थिइन् । घटनाका दिन साँझको गर्मी छल्न पार्कमा घुम्दै गर्दा उनलाई ३ जनाले आँपको बगैंचामा लगेर पालैपालो बलात्कार गरेका थिए ।

पीडित महिलाको भनाइलाई उद्धृत गर्दै प्रहरीले घटनामा ३ जनै संलग्न रहेको बताएको छ । मिर्चैया प्रहरी प्रमुख डिएसपी दीपेन्द्र साहका अनुसार घटना भएको ७ दिनपछि भदौ १८ गते इलाका प्रहरी कार्यालयमा पीडित युवतीले जाहेरी दर्ता गराएपछि मात्रै घटना सार्वजनिक भएको हो ।

युवतीले दिएको जाहेरीको आधारमा आरोपित साहलाई पक्राउसमेत गरिसकेको डिएसपी साहले जानकारी दिए ।

बलात्कारमा संलग्न अन्य आरोपित फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी