प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध चारवटा उजुरी

77 Hits

काठमाडौं – प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध चारवटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिले मिश्रविरुद्ध उजुरी दिन आह्वान गरेको दश दिनको अवधिमा चारवटा मात्र उजुरी परेको संसद सचिवालयले जनाएको छ ।

सर्वोच्चका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई सुनुवाइ समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेपछि दोस्रो वरियतामा रहेका मिश्रलाई संवैधानिक परिषदले भदौ ७ गते सिफारिस गरेको थियो ।मिश्रविरुद्ध ऐनसेलको मुद्दामा राज्यलाई करोडौं घाटा हुने गरी पैसा विदेश लैजान अन्तरिम आदेश दिएको, सूर्य नेपालको मुद्दामा पनि कर छली गर्न आदेशमार्फत सहयोग गरेको, हाँगी गाउँको सार्वजनिक जग्गा व्यक्तिका नाउमा नामसारी गर्न बाटो खोलिदिएको, विभिन्न मुद्दामा पैसा लिएर अभियुक्तलाई छाडेको लगायत उजुरी परेका छन् ।

उजुरीमाथि शुक्रबार बस्ने समितिको बैठकमा छलफल हुने समितिका एक सदस्यले जनकारी दिए । सुनुवाइ समितिले अस्वीकृत गरेमा उनी पाँच महिनाका लागि सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुनेछन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी