प्रचण्डले छोट्याए भारत भ्रमण, भदौ २४ मा नेकपाको सचिवालयको बैठक

83 Hits

काठमाडौं, २० भदौ ।
सत्तारुढ नेकपाको स्थायी समितिको बैठक आगामी २६ गते हुने भएको छ । त्यस भन्दा अगाडि २४ र २५ गते सचिवालयको बैठक बस्ने भएको छ । पार्टी एकताको लागि गृहकार्य गरिरहेको कार्यदलहरुले बुझाएका प्रतिवेदनलाई अन्तिम रुप दिनको लागि सचिवालय बैठक र स्थायी समिति बैठक बोलाइएको हो ।

सचिवालय र स्थायी समिति बैठक तय भएपछि पार्टी अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तालिका छोटिएको छ ।
प्रचण्ड भोलि भारत भ्रमणमा जाँदैछन् । उनी २६ गते र्फकने कार्यतालिका रहेको थियो । पार्टीको बैठक परेपछि तालिका छोट्याइएको सचिवालयले जनाएको छ ।

पार्टीका दुई अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको छलफलपछि २४ र २५ गते सचिवालय र २६ र २७ गते स्थायी कमिटी बैठक बोलाइएको हो । प्रचण्डले आफ्नो भ्रमण भन्दा पार्टीको कामलाई महत्व दिनको लागि भ्रमण छोट्याउने बताएपछि बैठक तय गरिएको हो । उनी २३ गते नै स्वदेश र्फकने र २४ गते सचिवालय बैठक बस्ने नेताहरुको बताएका छन् ।
यो बैठकमा पार्टी एकताका साथै सरकारको कामकारबाहीको समिक्षा गर्ने एजेण्डा राखीएको छ ।

Loading...

Related News

नेकपाले तोक्यो प्रदेश पदाधिकारीहरु (नामावलीसहित)

काठमाडौं। सत्तारुढ दल नेकपाले आफ्ना प्रदेश कमिटिका मुख्य पदाधिकारीहरु टुंगो लगाएको छ । आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको केन्द्रीय सचिवालयको…

जनयुद्द र शान्तिका नेता प्रचण्डकाे चिनमा विश्व शान्तिबारे पत्रकार सम्मेलन

काठमाडाैं, २ असाेज । नेपालकाे १० वर्षे सशस्त्र जनयुद्ध र शान्ति प्रकृयाकाे समेत नेतृत्व गरेका नेकपा अध्यक्ष प्रचण्डले चिनमा समेत…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी