अख्तियार प्रमूखमा घिमिरेको नाम सिफारिस, को हुन् घिमिरे ?

183 Hits

काठमाडौं, २० भदौ ।
लामो रिक्ततालाई पूर्ती गर्न भन्दै संवैधानिक परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नवीनकुमार घिमिरेको नाम सिफारिस गरेको छ ।

परिषद्को बुधबार बिहान बसेको बैठकले घिमिरेको नाम सिफारिस गर्ने निर्णय गरेको छ । प्रमूख आयुक्त दिप कुमार बस्न्यातले उमेरहदले अवकास पाएपछि गत माघदेखि रिक्त रहेको प्रमूख आयुक्त पदमा सिपारीस भएका घिमिरे हाल अख्तियारको कामु प्रमुख रहेका छन् ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, कानून मन्त्री र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

सिफारिस भएका भिमिरेलाई संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रतिबाट अख्तियारको प्रमुख आयुक्तको नियुक्ति दिइनेछ ।

सिफारिसँगै अब उनको नाम संसदीय सुनुवाईमा पठाइनेछ । संसदीय सुनुवाई समितिबाट उनको नाम अनुमोदन भएमा राष्ट्रपतिबाट अख्तियारको प्रमुख आयुक्तमा नियुक्त हुनेछन् ।

को हुन घिमिरे ?

काठमाडौंको सिफलका स्थायी बासिन्दा रहेका घिमिरे वि सं २०१२ साल भदौमा जन्मिएका हुन् ।

जन प्रशासनमा स्नातकोत्तरसम्मको अध्ययन गरेका उनले विभिन्न् मन्त्रालयको सचिवका रुपमा कार्य गरिसकेका छन् । उनी २०७४ फागुनदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका रूपमा कार्यरत छन् ।
निवर्तमान प्रमुख आयुक्त दीप बस्न्यातले अवकाश पाएपछि घिमिरेले कार्यवाहक प्रमुखका रूपमा अख्तियारको नेतृत्व सम्हाल्दै आएका थिए ।

गृहसचिवबाट अवकाश पाउनुअघि उनले रक्षा, वन तथा भुसंरक्षण मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालिसकेका छन् ।

घिमिरे सुप्रबल जनसेवाश्री पुरस्कारबाट समेत सम्मानित भइसकेका छन् । घिमिरे तुलनात्मक रुपमा कम विवादित छवीका व्यक्ति मानिन्छन् ।

Loading...

Related News

अख्तियार प्रमूखको यस्तो बाचा : होला त पुरा ?

काठमाडौँ, १९ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दबाब र प्रभावबाट मुक्त अनुसन्धान र कारवाही गर्ने प्रतिबद्धता सार्वजनीक गरेको छ…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी