राजनीति भन्दा जनसरोकारका विषयमा प्रचण्डको वढि चासो, ‘एकता भदाैमै सकिन्छ’

207 Hits

काठमाडौं, १९ भदौ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनसरोकारको विषयमा आफ्नो चासो वढि रहेको बताएका छन् ।
दुई तिहाई बहुमतको सरकार भएतापनि जनताको अपेक्षा अनुसार काम नभएको गुनासो आइरहेको सन्दर्भमा प्रचण्डले जनसरोकारको विषयमा सरकार गम्भीर बन्ने बताएका हुन् ।

आफ्नै निवास खुमलटारमा सम्पादक र राजनीतिक बिटमा कलम चलाउने पत्रकारहरूसँगको भेटमा अध्यक्ष प्रचण्डले भने जनताको मानसिकता कमजोर बन्यो भने र समाज विघटनतिर गयो भने त बर्बाद हुन्छ । सरकार मुख्य कुरा होइन मुख्य कुरा त समाज कतातिर जाँदैछ र हामीले कता लैजादैंछौं भन्ने हो ।
प्रचण्डले आफू सरकारलार्य सफल पार्ने र जनताको समस्या समाधान गर्ने विषयमा मौन नरहेको बताउँदै कतिपय राजनीतिक विषयमा बोलीहाल्नु नपरेकाले नबोलेको स्पष्ट पारे ।
पत्रकारहरुले जनताको अपेक्षा अनुसारको काम गर्नका लागि सरकारका मन्त्रीहरु नै परिवर्तन गर्नुपर्ने सुझाव राखीरहँदा प्रचण्डले जनताको अपेक्षा पु्रा नहुने अवस्था आएमा आवश्यक परे मन्त्रीहरूको हेरफेर हुनसक्ने पनि संकेत गरे ।

प्रचण्डले अहिले नै सरकार सफल र असफल भनेर समिक्षा गर्ने बेला नभएको बताउँदै एकाध वर्ष हेर्न र धैर्य गर्न आग्रह गरे । उनले भने, ‘धेरै टिप्पणी गरेर समस्या समाधान त हुँदैन । तर सरकारको कामको समीक्षा गर्ने बेला भयो भनेर दुई अध्यक्षबीच गम्भीर छलफल शुरू भएको छ ।’

देशव्यापी भइरहेका महिला हिंसा र आतंकको समाचारले समाज नै तलतिर जान थालेको आभाष भएको अनुभुति गरेको बताए । प्रचण्डले समाजलाई विघटनको दिशामा जान सक्ने खतरा औंल्याउँदै मिडियाले सकारात्मक विषयहरु संप्रैषण गरेर र सम्भावनाहरु देखाईदिएर जनतालाई निराश हुन बाट बचाउन आग्रह पनि गरे । उनले भने हामी राजनीतिज्ञ र सरकारमा रहेकाहरु त फेरबदल होला तर जनतामा नकारात्मक विषयले मात्रै घर गर्यो भने त बर्बाद हुन्छ ।

अध्यक्ष प्रचण्डले आफूले बिहीवादेखि गर्न लागेको भारत भ्रमण र त्यसपछिको आसन्न चीन भ्रमणबारे जानकारी दिंदै ती दुबै भ्रमण राष्ट्रिय हित र विकासको चाहनाको पक्षमा हुने स्पष्ट पारे।

उनले आफ्नो दुबै देशको भ्रमण आफ्नो र्हले नभई राष्ट्रको हितकै पक्षमा आएको आग्रहबाट प्रेरित भएको बबताए । उनले भने हामी पार्टीमा दुई अध्यक्ष छौं, पार्टी एकता भएपछि एउटा अध्यक्ष जानुभयो । अर्को अध्यक्ष आइदिए हुन्थ्यो भन्ने मित्र राष्ट्रको चाहनाका कारण म पर्सि भारत र ६ दिनपछि चाइना जान लागेको हो ।
प्रचण्डले भ्रमण अन्य राजनीतिक खिचातानी र सत्ता समिकरणको विषयमा हुँदै नभएको र सम्वन्ध सुदृढिकरणको लागि र विगतका भएका कतिपय सम्झौताहरुको क्रियान्वनयनको वातावरण बनाउन केन्द्रीत रहहने स्पष्ट पारे । कतिपयले भ्रमण सरकारका पक्षविपक्षमा लाग्ने विषयसँग समेत जोडेर प्रचार गरेको बताउँदै प्रचण्डले ती सबै गलत अफवाह र भ्रमपूर्ण कुरा भएको स्पष्ट पारे ।

उनले भारत र चीन दुबै भ्रमणका क्रममा उच्चस्तरिय राजनीतिक भेटघाट हुने जानकारी दिए । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी, राजनीतिक दलका नेता र बुद्धिजीवीहरूसँग छलफल गर्ने तथा थिंक ट्यांकहरुको एउटा महत्वपूर्ण कार्यक्रममा संववोधन गर्ने उनले जानकारी दिए ।
उनले भदौभित्रै पार्टी एकताका बाँकी काम सम्पन्न हुने पनि बताए । उनले पार्टी एकतामा ढिलाई भएको कुनै विवाद भएर नभई दुइ अध्यक्षकै कार्यव्यस्तताले भएको स्पष्ट पारे । ‘हामी बीच कुनै विवाद र असमझदारी छैन नभ्याएरै हो ढिलाई भएको’ उनले भने -मेरो चिन भ्रमण अगाडि सबै टुंग्याइन्छ ।

Loading...

Related News

विशेष अन्तरवार्ता -“कुनै पश्चाताप छैन” : प्रचण्ड

शान्ति सम्झौता नभएको भए आजको नेपालको तस्बिर कस्तो हुन्थ्यो होला ? यो प्रश्नको जवाफ पनि तपाईंले भनेजस्तै ‘हाइपोथेटिकल’ नै हुन्छ…

अाज प्रकाश दाहाल स्मृति दिवस : यस्ता थिए प्रकाश (जिवनी)

काठमाडौं, ३ मंसिर – अाज २०७५ साल मंसिर ३ गते । अाजकै दिन अाफ्नाे अमुल्य जीवन गुमाउन बाध्य व्यक्तिहरूमध्ये प्रकाश…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी