प्रधानमन्त्रीको जवाफ-‘सैन्य अभ्यास हैन क्षमता अभिवृद्धि हो’

91 Hits

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा बैठकमा सासदहरुको प्रश्नको जवाफ दिँदै सार्क विमस्टेकको विकल्प नहुने बताएका हुन् ।

उनले नेपालको परराष्ट्र नीति कतै ढल्कने र पक्षविपक्षमा लाग्ने नभएको स्पष्ट पार्दै वर्तमान सरकार राष्ट्रहित विपरित कुनैपनि प्रश्न उठ्न नदिने बताए ।

उनले सुरक्षाका सवालमा सांसदहरुले उठाएको प्रश्नमा सरकार प्रमुखहरुले सुरक्षाकर्मी लैजाने परम्परा नै भएको बताए । संयुक्त्त सैन्य अभ्यासको हल्लाको बिषयमा  उनले भने ‘अचम्म कहाँबाट आयो यो सैन्य अभ्यास ? यो क्षमता अभिवृद्धि हो । मन्त्री भैसकेका माननीयले पनि यो कुरा नबुझेर जस्तै प्रश्न गर्नुभयो’ प्रधानमन्त्रीले भने, ‘क्षमता अभिवृद्धिबाहेक अरु कुनै सैन्य अभ्यास नहुने र मिलिटरी प्याक्टमा नेपाल प्रवेश गर्नै सक्दैन ।’

उनले भारतीय सेना प्रमुख र नेपालको सेनाप्रमुखबीच मानार्थ पद दिने परम्परा भएकाले त्यसविषयलाई पनि अनावश्यक डिक्लियरेसनको कुरा नगर्न आग्रह गरे ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी