रक्सी किनबेचमा प्रतिबन्ध लगाउ- सर्वोच्च

135 Hits
काठमाडौँ- सर्वोच्च अदालतले गैरकानूनी रुपमा मदिराजन्य पदार्थको बिक्रीवितरण गर्ने कार्यलाई रोक्न सरकारको नाममा आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय ओमप्रकाश मिश्र र तेजबहादुर केसीको संयुक्त इजलासले साेमबार गैरकानूनी रुपमा मदिराजन्य पदार्थको उत्पादन तथा बिक्रीवितरण रोक्न सरकारका नाममा आदेश जारी गरेको हो । मदिरा ऐनअनुसार निश्चित समय, उमेर समूह, स्थान र बिक्री स्थलसमेत तोक्ने भनिएअनुसार ऐनको प्रभावकारी कार्यान्वयन गर्न आदेशमा भनिएको छ ।आदेशमा महिला हिंसाको मुख्य कारकका रुपमा मदिरा रहेको र मदिराको विज्ञापनमा समेत महिलाको प्रयोग हुने कार्य रोक्न भनिएको छ । जुरी नेपालका तर्फबाट अधिवक्ता विष्णुप्रसाद पोखरेलले दायर गर्नुभएको रिट निवेदनमाथिको सुनुवाइपछि अदालतले सो आदेश जारी गरेको हो ।
Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी