विप्लवका दुई पोलिटब्यूरो सदस्यलाई सर्वोच्च अदालतको गेटबाट पक्राउ

106 Hits

काठमाडौँ – बन्दी प्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिएका नेत्रविक्रम चन्द विप्लवका दुई पोलिटब्यूरो सदस्यलाई प्रहरीले सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरेको छ ।उनीहरुलाई पक्राउ गरिएपछि दर्ता गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्चले प्रकाण्डसहितका नेतालाई सोमबार रिहा गर्न आदेश दिएको थियो ।

तर सर्वोच्चको आदेश पुगेर हिरासतबाट रिहा भएलगत्तै पोलिटब्यूरो सदस्यहरु मोहन कार्की र कृष्ण धमलालाई सर्वोच्चबाट पक्राउ गरेर नुवाकोट लगेको छ। उनीहरु दुवैलाई सोमबार सर्वोच्चका न्यायाधीशहरु डम्बरबहादुर शाही र शारदाप्रसाद घिमिरेको इजलासले रिहा गर्न आदेश दिएलगत्तै सर्वोच्चबाटै समातेर नुवाकोट लगेको हो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का