तपाइँलाइ थाहा छ ? चुइगमबाट मात्रै भारत जान्छ वार्षिक १८ करोड

153 Hits

काठमाडौं, १८ भदौ ।
तपाई कत्तिको चुइगम खानुहुन्छ ? कुन चुइगम बढि खानुहुन्छ ? सायद चुइगम नखाने नेपाली नहोला । अझै बच्चाबच्ची त प्रत्येक घण्टामा चुइगम खाने होलान । रोयो की चुइगम खाइहाल्ने । पाइहाल्ने । त्यसैगरी सामान किन्न जाँदा पसलेले खुद्रा पैसा छैन चुइगम दिउँकी भनिहाल्छ् र दिइ हाल्छन् । यसरी दैनिक नेपालीले कति चुइगम किन्छन् होला । चुइगम नेपालमा बनाइदैन ।

चुइगम कहाँबाट ल्याइन्छ तपाईलाई थाहा छ ? तपाईले खाने चुइगमलाई तिरेको पैसा नेपालमा रहँदैन अर्थात विदेश जान्छ । चुइगम रुँदा हास्दा र त्यसै बसिरहेको बेलामा पनि खाने चिज भएकोले त्यसमा भएको खर्च कति भएको छ भन्े हिसाबै गरिन्न । तर यसको हिसाव गर्दा नेपालमा वार्षिक १८ करोड भन्दा वढिको चुइगम खपत भएको तथ्यांक भन्सार विभागमा छ । नेपालीले तिरेको त्यो पैसा नेपाली व्यवसायी मार्फत सिधै भारत जान्छ । किनकी चुइगम सबै भारतबाटै आयात गरिन्छ ।
हामी धेरै ठूला ठूला कुरा गर्छौं र समृद्ध नेपाल र सुखी नेपालीको नारा घन्काउँछौं तर त्यसत अरबौं रकम थाहै नपाई विदेश पठाउँछौं र जिब्रो पड्काउँदै मख्ख पछौं ।
सोचौं त १८ करोडले कति विद्यार्थीहरुलाई पुस्तक दिन पुग्ला, वा कति जना गरीब विद्यार्थीहरुको लागि खाजा दिन पुग्ला, वा कति जना वृद्धहरुलाई उपचार खर्च पूग्ला ?
के राज्यले चुइगम नखानको लागि आव्हान गर्यो भने तपाई मान्नुहुन्छ जसले गर्दा वार्षिक १८ करोड भन्दा वढि रकम नेपालमै रहन सक्छ र नेपालमै सदुपयोग हुन सक्छ । जसरी भेनेजुयलामा अमेरिकी र वहुराष्ट्रिय कम्पनीहरुले आर्थिक नाकावन्दी गर्दा राज्यले गरेको आव्हानलाई जनताले स्वीकारे र आर्थिक संकटबाट जोगाए, कोरीयामा परेको आर्थिक संकट टार्न जनताले आफ्ना गहना राज्यलाई बुझाएका थिए ।

Loading...

Related News

1 Comment for “तपाइँलाइ थाहा छ ? चुइगमबाट मात्रै भारत जान्छ वार्षिक १८ करोड”

  1. साजन sp

    sarkar k thula kura garchhau, chuinggum khana matrai rok lagaune nirnaya gara .

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी