अान्दाेलन छाडेर काममा फर्कन डाक्टरहरूलाइ विद्यार्थीले गरे अपील (पूरा विज्ञप्ति)

190 Hits

काठमाडौं, १७ भदौ ।
विरामी जाँच्ने काम छाडेर आन्दोलनमा उत्रिएका चिकित्सकहरुलाई आन्दालेन छाडेर काममा फर्कन विद्यार्थीहरुले आव्हान गरेका छन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मुलुकी संहीतामा उल्लेख भएको विषयलाई लिएर विरामीको उपचार छाडेर आन्दोलनमा उत्रने कार्य जायज नभएको भन्दै विरामीको उपचारमा फर्कन आव्हान गरेको हो ।
क्रान्तिकारीका महासचिव उत्तम अधिकारीले एक विज्ञप्ति जारी गर्दै चिकीत्स्कहरुलाई आन्दोलन छाडेर काममा फर्कन अपील गरेका हुन् ।
विज्ञप्तीमा चिकित्सकको सानो लापरवाहीले विरामीले ज्यानै गुमाउनु परेको अवस्थालई अन्त्य गर्न मुलुकी संहिताले ल्याएको व्यवस्था कार्यान्व्यनमा आउन नदिन केही तत्व लागीरहेको र त्यसको हतियार चिकित्सक बन्न नहुने तर्क गरिएको छ ।
क्रान्तिकारीले नेपालका वामपंथीका नेतृत्वमा दुईतिहाई बहुमतको स्थिर सरकार बनेको मन नपरेका तत्वहरुले मुलुकी संहिताको विरोध मात्रै गरिरहेको भन्दै संहिताका केही विषयमा संसोधनको लागि सरकारको समय पनि नपर्खि आन्दोलनमा जाने कार्यको पक्षमा आफूहर जान नसक्ने स्पष्ट पारिएको छ । क्रान्तिकारले संहिताको केही विषयमा संसोधन हुनुपर्ने विषयमा आफूहरुले समेत सरकारको ध्यानाकर्षण गराएको स्मरण गराएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी