कुहिएको मासु खुवाउने पार्टी प्यालेसमा सिल, उपभोक्ताले बाेलाए अनुगमन टाेली

192 Hits

काठमाडौं, १७ भदौ ।

खाद्य प्रविधि तथा गुणस्तर विभागले काठमाडौंको सोह्रखुट्टेमा रहेको नयाँ बजार मल्टीभेन्युमा सिल गरेको छ। अनुगमनका क्रममा उक्त पार्टी प्यालेसमा कुहिएको मासु बिक्री गरेको पाइएपछि विभागले सिल गरेको हो।

एक सहकारी संस्थाकाे साधारणसभामा खुवाईएकाे मासु कुहिएको भेटिएपछि उपभोक्ता र सञ्चालकबीच विवाद भएपछि अनुगमन टाेलीलाई खबर गरि बाेलाईएकाे थियाे ।

शनिबार खाद्य प्रविधि तथा गुणस्तर विभागका अधिकृत ईश्वर सुवेदी, आपूर्ति, वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध विभागका अधिकृत दिपक पोखरेल र महानगरीय प्रहरी सोह्रखुट्टे र उपभोक्ताकर्मीसहितको अनुगमन टोलीले पार्टी प्यालेसमा अनुगमन गरेको थियो।
सोही क्रममा पार्टी प्यालेसले खाद्य उत्पादन गर्दा न्यून गुणस्तर र म्याद गुज्रेका मरमसला प्रयोग गरेको पाइएको थियो। गुणस्तरहीन वस्तु उत्पादन गरेको अभियोगमा अनुगमन टोलीले पार्टी प्यालेसमा शिल गरेको हो।
गुणस्तरहिन खाद्यान्न बिक्री गरेको पत्ता लगाएपछि पार्टी प्यालेसमा सिल गरेको विभागका महानिर्देशक सञ्जिव कर्णले पुष्टि गरे। उनले भने, ‘उक्त विषयमाथि छानबिन गरी खाद्य ऐन अनुसार कारबाही गरिनेछ।’
स्थापित योजना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पार्टी प्यालेसबाट प्रवाह गरेको खाद्यवस्तु गुणस्तरहीन भएको भन्दै उजुरी गरेको थियो। अनुगमनलाई निरन्तरता दिनुपर्ने र दोषीमाथि कडा कारबाही गर्नुपर्ने उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाको भनाइ छ।
‘सहकारीले पाँच सय खानाको अर्डर गरेको थियो’, तिमिल्सिनाले भने, खाद्यवस्तुको गुणस्तर न्यून भएको उजुरी आएपछि आयोजित कार्यक्रम नै रद्द गरिएको थियो।’

Loading...

Related News

बेल्जियममा नेपाली च्यारिटी, एक्सपाे र हाेलिडे फेयर गर्ने निर्णय, कार्यदलहरू निर्माण

बेल्जियम, पुस । बेल्जियमका विभित्र शहरहरूमा नेपाली च्यारिटी, एक्सपाे र हाेलिडे फेयर अायाेजना गरिने भएकाे छ । गैरअावासिय नेपाली संघ…

कांग्रेसमा मिल्यो विवाद, १३ पदाधिकारी, ७ सहमहामन्त्री रहने

काठमाडौं, ६ पु्स । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद हल भएको छ । नेपाली कांग्रेसका शीर्षनेताहरूका बीचमा विधान…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी