नेपालद्वारा मलेसियालाई १८९ रनको लक्ष्य, आरिफ र दीपेन्द्रको शतकीय साझेदारी

40 Hits

विराटनगर, १६ भदौ
एसिसी एसिया कप छनौटमा आफ्नो तेस्रो खेलमा नेपालले मलेसियालाई १ सय ८९ रनको विजयी लक्ष्य दिएको छ । वर्षाले प्रभावित भएपछि ३० ओभरमा झारिएको खेलमा नेपालले ७ विकेटको क्षतिमा १ सय ८८ रन जोडेको थियो ।

खराब सुरुआत गरेको नेपालका लागि आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले शतकीय साझेदारी पूरा गरेपछि नेपालको स्कोर उकासिएको थियो ।

६० रन जोड्दा ५ विकेट पतन भइसकेको अवस्थामा ऐरी र आरिफले ८७ बलमा १ सय १ रनको साझेदारी गरेपछि नेपालले उच्च स्कोर बनाएको हो ।

नेपालका लागि आरिफले सर्वाधिक ६४ रन जोड्दा दीपेन्द्र ऐरीले ५१ बलमा ५४ रन हाने । त्यस्तै, अनिल शाह १६, पारस खड्काले १३, सुवास खकुरेलल ९, ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी