सुत्केरीको मृत्युपछि आफन्त र स्थानीयले अस्पतालमा तोडफोड र आगजनी

74 Hits

सर्लाही-हरिवनस्थित नमुना अस्पतालमा सुत्केरीको मृत्यु भएपछि तनावग्रस्त भएको छ।

अस्पतालमा प्रसूति गराउन आएकी हरिवन–४ पटौनाका अनोज थापाकी श्रीमती २९ वर्षीया अप्सरा थापाको मृत्यस भएपछि उनका आफन्त र स्थानीयले अस्पतालमा तोडफोड र आगजनी गरेका हुन्। आक्रोशित भिडले अस्पतालविरुद्ध नाराबाजी गर्दै अस्पतालको फार्मेसीमा आगजनी गर्नुका साथै तोडफोड गरेका हुन्।

सुुत्केरी व्यथा लागेपछि सासु र सहयोगी शान्ता थापाका साथ प्रसूतिका लागि शुक्रबार साँझ ७ बजे अस्पताल आएकी अप्सराको डाक्टर र नर्सहरुको लापरवाहीका कारण मृत्यु भएको मृतकका आफन्त र स्थानीयको आरोप छ। अप्सरासँगै अस्पताल आएकी शान्ताका अनुसार अप्सरालाई अस्पताल ल्याउँदै गर्दा गेटमै व्यथाले च्यापेको थियो।

उनलाई भित्र लैजाने क्रममा उनी लडिन्। यसपछि उनलाई प्रसूति कक्षमा लगियो। आधा घण्टापछि डाक्टरले यहाँ सम्भव नहुने भन्दै वीरगंज रिफर गरेको शान्तकाको भनाइ छ। यसपछि एम्वुलेन्समा राखेर वीरगंज लैजाँदै गर्दा अप्सारको बाटैमा मृत्यु भएको हो।

मृतकका आफन्त र स्थानीयले घटनाको छानबिन गरी कडाभन्दा कडा कारबाही गर्नु पर्ने, पीडितलाई उचित क्षतिपूर्ति दिनु पर्नेसहितका माग राख्दै विरोध गरेका छन्। तोडफोडकै क्रममा सिसाले काटेर अप्सराका भाइ घाइते भएका छन्। आक्रोशित भिड नियन्त्रण गर्न प्रहरीले दुई राउण्ड अश्रु ग्यास प्रहार गरेको छ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी