जाजरकोटमा खोलाले बगाएर श्रीमान श्रीमतीको मृत्यु

97 Hits

जाजरकोट । रुकुम (पश्चिम)को बाँफिकोट गाउँपालिकामा खोलामा बगेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–८ दुलिदुलिखाका ५० वर्षीय अमृत घर्ती र उनकी श्रीमती ४८ वर्षीया तुलसा घर्तीको बाँफिकोटको बडगाई खोलामा बगेर मृत्यु भएको हो ।

खोलामा रहेको काठको पुल तर्ने क्रममा चिप्लिएर बगेका घर्ती दम्पतीमध्ये श्रीमान अमृतको शव शुक्रबार बेलुकी फेला परेको थियो । बगेको भन्दा करीब दुई सय मिटर तल उनको शव फेला परेको इलाका प्रहरी कार्यालय बाँफिकोटका प्रहरीले जनाएको छ ।
त्यस्तै श्रीमती तुलसाको शव भने शनिबार बिहान ७ बजेतिर फेला परेको छ । खोजी गरिरहेका स्थानीय र प्रहरीको टोलीले बगेको भन्दा करीब एक सय ५० मिटर तल शव फेला पारेको वडा नं ८ का वडासदस्य भीमबहादुर बाँठाले जानकारी दिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी