जोर बिजोर प्रणालीले घट्यो प्रदूषण

107 Hits

काठमाडौं-उपत्यकामा बुधबार र बिहीबार वायु प्रदूषण कम भएको छ । उपत्यकाको वायु प्रदूषणको तथ्यांक हेर्दा प्रदूषण गराउने सवारी साधन बुधबार र बिहीबार जोर बिजोर प्रणालीमा चलाएको र उपत्यकामा धुलो सफाइ गरेसँगै अघिल्ला दिनको तुलनामा वायु प्रदूषणको मात्रा घटेको हो ।
दिनहुँ धुलैधुलो हुने उपत्यकामा अहिले धुलो पनि कम देखिएको छ । उपत्यकामा सवारी साधनको चाप घटाउन बुधबारदेखि सवारी साधन पनि जोर बिजोर प्रणालीमा सञ्चालन भएका थिए । वातावरणविद्हरूले उपत्यकाको प्रदूषण गराउन सबैभन्दा बढी भूमिका सवारी साधनको रहेको बताउँदै आएका छन् । वातावरणविद्हरूले सवारी साधनलाई कम गरे मात्रै वायु प्रदूषण पनि घट्ने बताउँदै आइरहेका थिए । सवारी साधन कम गराउने बित्तिकै प्रदूषण घटेको देखिएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनका लागि सरकारले यातायतका साधनलाई जोर बिजोर प्रणाली लागू गरेको थियो ।
बिहीबार रत्नपार्कको वायु प्रदूषण मापन केन्द्रको तथ्यांकअनुसार मंगलबार पछिल्लो समय काठमाडौँको रत्नपार्कमा धुलोको सुष्म कणको १९ माईक्रोग्राम पर मिटरक्यु देखिएको थियो । तर बुधबार भने १७.२ माईक्रोग्राम पर मिटरक्यु देखिएको छ । पछिल्लो २ दिनको तथ्यांकलाई मूल्यांकन गर्दा पनि सवारी साधनको चाप घटेसँगै वायु प्रदूषण पनि घटेको देखिएको छ । बिहीबारको भने २४ घण्टापछि मात्रै यकिन तथ्यांक थाहा हुने वातावरणविद्ले बताएका छन् । बिहीबारको प्रदूषण अझै कम हुने उनीहरूको भनाइ छ । यतायातका साधन कम चल्दा वायु प्रदूषण कम हुने तथ्यांकले पनि पुष्टि गरेको छ ।
वातावरणविद् भुषण तुलाधारले यतायात कम चलाएअनुसार प्रदूषण नियन्त्रण नभएको बताएका छन् । “अहिले त यतायातको साधन निकै नै कम चलेको छ, यसअनुसार त प्रदूषण निकै कम हुनुपर्ने हो, तर केही मात्रामा मात्रै प्रदूषण घटाएको छ,” उनले भने, “सडकमा गुड्ने गाडी कम भए पनि जामका कारण विस्तारै विस्तारै चल्दा धुवाँ बढी फाल्छ, यसकारण सोचे जति प्रदूषण कम गराएको छैन ।”
प्रदूषण नियन्त्रण गर्न ट्राफिक जामको समस्या पनि हट्न आवश्यक भएको उनको भनाइ छ । पुराना सवारी साधनले बढी प्रदूषण गराइरहेका भन्दै तुलाधारले साइकलमैत्री सडक निर्माण गर्ने, विद्युतीय सवारी साधन प्रयोग बढाउने, सार्वजनिक सवारी साधनलाई स्तरीय बनाएर निजी सवारी साधन प्रयोग कम गर्न आवश्यक रहेको बताए । उनले भने, नियमनकारी निकायले अनुगमन प्रभावकारी बनाउने, धुलो व्यवस्थापन गर्ने, सडक निर्माण, इँट्टा भट्टाजस्ता प्रदूषणका स्रोतको नियमित अनुगमन, वायु प्रदूषण नियन्त्रणको कार्ययोजना बनाउने, प्रदूषण करको सदुपयोग गर्ने लगायतका कार्यक्रम संचालन गर्न आवश्यक रहेको बताए । “साधारणतया सहरमा २० प्रतिशत सवारी साधनले ५० प्रतिशत प्रदूषण गराउँछ । २० प्रतिशत सवारी साधन घटाउने हो भने पनि ५० प्रतिशत वायु प्रदूषण आफै घट्ने अवस्था आउँछ केही गर्नै पर्दैन, धुवाँ फाल्नेलाई तत्काल नियन्त्रण गर्नुपर्छ,” उनले भने ।
स्वच्छ हावा अभियानकर्ता राजन थापाले वायु गुणस्तर व्यवस्थापनका लागि केही पहल भए तापनि सहरी वायुको गुणस्तरमा सुधार भने आउन नसकेको बताए ।-प्रगति ढकाल/karobar

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी