प्रतिष्ठानद्वारा ६० स्रष्टालाई परिचयपत्र वितरण

81 Hits

काठमाडौ-नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा– प्रतिष्ठानले प्रतिष्ठित श्रेणीका ६० स्रष्टा कलाकारलाई परिचयपत्र वितरण गरेको छ । प्रतिष्ठानले यहाँ आज आयोजना गरेको समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले नेपालको सङ्गीत तथा नाट्य विधामा अथक साधनामार्फत समाज र राष्ट्रमा पु¥याएको अतुलनीय योगदानको कदर गर्दै सम्बन्धित विधासँग सम्बन्धित अग्रज स्रष्टा कलाकारलाई परिचयपत्र वितरण गर्नुभयो ।

परिचयपत्र प्राप्त गर्नेमा प्राज्ञ आलोकश्री, भरत नेपाली, चेतनारायण राई, शकुन्तला प्रधान, हरिबहादुर थापा, शान्तिराम राई, यज्ञराज उपाध्याय, बाबा बस्नेत, वसन्तप्रसाद भट्टलगायत छन् । सो अवसरमा मन्त्री अधिकारीले साहित्य, कला, सङ्गीत र नाटक मौलाउँदा सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई पूरा गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै कलाकारलाई परिचयपत्र प्रदान गर्नु भनेको देशलाई सांस्कृतिक रुपमा धनी बनाउनु हो भन्नुभयो ।

प्रतिष्ठानका कुलपति सरुभक्तले विविध समस्या भए पनि प्रतिष्ठानले सङ्गीत र नाट्य विधाको संरक्षण, सम्बद्र्धन, प्रबद्र्धनलगायत अध्ययन अनुसन्धान तथा प्रदर्शनमूलक गतिविधि गर्दै आएको जानकारी दिनुभयो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी