१८ बुँदे घोषणापत्र जारी गर्दै बिमस्टेक सम्मेलन सम्पन्‍न

215 Hits

काठमाडौं– बिमस्टेकको चौथो शिखर सम्मेलन १८ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। बिहीबारदेखि काठमाडौंमा जारी सम्मेलन शुक्रबारको दोस्रो सत्रको कार्यक्रमबाट १८ बुँदै घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो।

सम्मेलनमा भएको समझदारीबारे केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने परराष्ट्र मन्त्रालयले जनाएको छ।सम्मेलनका क्रममा विद्युत प्रसारण लाइनलाई अन्तरदेशीय बनाउने समझदारी पत्रमा हस्ताक्षर भएको छ। चौथो शिखर सम्मेलनमा उत्साहपूर्वक सहभागिताका लागि सदस्य राष्ट्रका सरकार र राष्ट्र प्रमुखलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धन्यवाद ज्ञापन गरेका छन्।

सम्मेलनलाई सफल बनाउन सदस्य राष्ट्रका प्रमुखले निर्वाह गरेको भूमिकाप्रति प्रधानमन्त्री ओलीले प्रशंसा गरे।बिमस्टेकको अध्यक्ष राष्ट्र नेपालले अबको अध्यक्षताका लागि श्रीलंकालाई जिम्मेवारी हस्तान्तरण गरेको छ। अबको पाँचौं शिखर सम्मेलन श्रीलंकामा हुनेछ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का