बेलायतका दक्षिण एसिया विभाग प्रमुखले भेटे प्रचण्ड

61 Hits

काठमाडौं ।

बेलायतका दक्षिण एसिया विभाग प्रमुख ग्यारेथ बेलीले अध्यक्ष प्रचण्डसँग आज बिहान भेटवार्ता गर्नुभएको छ । अध्यक्ष निवास खुमलटारमा भएको उक्त भेटमा नेपाल र बेलायतका बीच भएका सहयोग र सम्बन्धका बारेमा चर्चा भएको थियो ।

अध्यक्ष प्रचण्डले राजनीतिक परिर्वतन पश्चात देशमा आएको आर्थिक समृद्धि लहर र त्यसका आधारहरु बारे स्पष्ट पार्नुभएको थियो । उहाँले भन्नुभयो, ‘नेपालमा लामो समय पश्चात राजनीतिक स्थिरता कायम भएको छ, यो नै नेपालको आर्थिक विकासका लागि सबैभन्दा बलियो आधार हो ।’

अध्यक्षले नेपालमा जलविद्युतको प्रचुर सम्भावना भएको बताउनुहुँदै विश्वका धेरै लगानीकर्ताहरु यहाँ लगानी गर्न इच्छुक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी लगानीकर्ताको सुरक्षा र लगानीको ग्यारेन्टी गर्न योजना बनाईरहेका छौं ।’ पर्यटनको उत्तिकै सम्भावना भएको उल्लेख गर्दै दुई ठूला जनसंख्या भएका देशका पर्यटकको गन्तव्य पछिल्ला दिनमा नेपालमा बढ्दै गएको उहाँको भनाई थियो । अध्यक्षले भन्नुभयो, ‘पर्यटन क्षेत्रको विकासका लागि भौतिक पूर्वाधारको निर्माण हाम्रो पहिलो सर्त हो ।’

भेटका अवसरमा प्रमुख बेलीले विश्वभरीमा सबैभन्दा प्रिय देश नेपाल भएकाले यहाँ लगानीकर्ताहरु आकर्षित भएको बताउनुभयो । नेपालमा लगानी गर्न बेलायती लगानीकर्ताहरु इच्छुक रहेको उहाँको भनाई थियो । उहाँले सरकारलाई आफूहरुको पूर्ण समर्थन रहेको बताउनुहुँदै देशको विकास यो सरकारले नै गर्नेमा आफूहरु ढुक्क रहेको पनि बताउनुभयो । प्रमुख बेलीले अध्यक्ष प्रचण्डलाई नेपालका अत्यन्त लोकप्रिय नेताको संज्ञा दिँदै शान्ति प्रक्रियादेखि वर्तमान स्थिर सरकारसम्म विकसित राजनैतिक घटनाक्रम बारे जिज्ञासा राख्नुभएको थियो ।

Loading...

Related News

फर्किए सभामुख महरा, के ल्याए तिब्बतबाट (हेर्नुहोस विज्ञप्ती)

काठमाडौं, २७ भदौ प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा ५ दिने औपचारिक भ्रमण पुर गरी तिब्बतबाट स्वदेश फर्किएका छन् । सभामुख महराले…

भारतीय प्रधानमन्त्री मोदी र प्रचण्डबीच भेट, दुई देशको सम्वन्धमा ऐतिहासिक फड्को

काठमाडौं, २३ भदौ । नेकपा अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमनत्री नरेन्द्र मोदी बीच भेटवार्ता भएको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी