नाममा प्रगतिशील राख्न नमानेपछि प्रवासमा एकता जटील, यस्तो छ अवस्था

213 Hits

काठमाडौं, १४ भदौ ।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बीच पार्टी एकता भई नेपाल कम्युनिष्ट पार्टी बनेपछि तल्ला कमिटिहरुको एकीरकणको प्रक्रिया अगाडि बढिरहेको छ । नेपाल मात्र नभई विदेशमा रहेका संगठनहरुबीच पनि एकताको प्रक्रिया चलिरहेको छ ।

विदेशमा रहेका नेपालीहरुबीच नेकपा माओवादी केन्द्रले यसअघि जनप्रगतिशील मञ्च नामको संगठन संचालन गरिरहेको थियो भने एमालेले प्रवासी नेपाली समाजको नामबाट संगठन चलाईरहेको थियो । नेपाली जनप्रगतिशील मंच र प्रवाशी नेपाली मञ्चबीच एकता पछी प्रवाशी नेपाली एकता मञ्च मात्रै राख्ने सहमति भएको छ ।

एकताको क्रममा माओवादी केन्द्र निकट संगठन र एमाले निकट संगठनको एकीकरण गरी नयाँ नाम राख्दा प्रगतिशील शव्द नै नपारेपछि एकताको भाव नै नआएको भन्दै असन्तुष्टि पैदा भएको छ ।
युरोपमा रहेको माओवादी केन्द्र निकट जनप्रगतिशील मञ्चहरु सन १९९९ मा नै स्थापना भएको तथा दर्ता गरी आधिकारीक रुपमा काम गरिरहेको संगठन भएको तथा एमाले निकट प्रवासी नेपाली मञ्च सन २००६ मा मात्रै स्थापना भएको संगठन थियो ।
एकता कार्यदलको छलफलमा नाममा प्रगतिशील राख्ने सहमति भएको भएतापनि सचिवालयले प्रगतिशील शव्द हटाएको प्रतिक्रिया एक सदस्यले दिए । युरोपमा कार्यरत माओवादी निकट संगठनका एक नेताले भने – ‘प्रगतिशील शव्द नराख्दा अरु भन्दा कुनै पनि अर्थमा फरक अनुभुति हुने स्थिति भएन ।’

त्यहाँ नेकपा एमालेको यस अघि रहेको प्रवासी नेपाली मञ्चमा एकता भन्ने शव्द मात्रै थप्नुले एकता नभई विलयको सन्देश गएको भन्दै माओवादी निकट कार्यकर्ताहरुले असन्तुष्टि प्रकट गरेका छन् ।

त्यसैगरी नेकपा मसाल निकट संगठनको नाम पनि नेपाली एकता समाज रहेको तथा राप्रपा निकट संगठनको नाम प्रवासी नेपाली एकता समाज रहेको कारण पनि नाममा प्रगतिशील शव्द हुनुपर्ने माग उनीहरुको छ । पार्टीले प्रगतिशील शव्द राख्न डराउनुपर्ने कुनै कारण नै छैन’ उनी भन्छन् – ‘हामी कम्युनिष्ट भनेका प्रगतिशील विचार र आदर्श भएका मान्छे हौं ।’

त्यसैगरी प्रवासिको अंग्रेजीमा माइग्रेन्ट राख्ने निर्णयप्रति पनि उनीहरुको आपत्ति छ । ‘माइग्रेन्टले बसाई सराइई गरेको भन्ने बुझिन्छ तर हामीहरु त बसाई सरेको नभई आफ्नो बाध्यता र आवश्यकताले मात्रै यहाँ रहेका हौं हाम्रो सम्पूर्ण कुरा त नेपालमै छ नी’ त्यसैले प्रवासिको अंग्रेजीमा ओभरसिज राख्नुपर्ने सुझाव पनि उनीहरुको छ ।

यदि अाफूहरूकाे सुभावलाइ वेवास्ता गरेर अगाडी बढेमा एकतामा अवराेध अाउने युराेपमा रहेका माअाेवादी केन्द्रका कार्यकर्ताहरूकाे चेतावनी छ ।

Loading...

Related News

अाज प्रकाश दाहाल स्मृति दिवस : यस्ता थिए प्रकाश (जिवनी)

काठमाडौं, ३ मंसिर – अाज २०७५ साल मंसिर ३ गते । अाजकै दिन अाफ्नाे अमुल्य जीवन गुमाउन बाध्य व्यक्तिहरूमध्ये प्रकाश…

प्रचण्डद्धारा म्याग्दीमा विभिन्न स्थलको अवलोकन, म्याग्दीवासी खुशी

काठमाडौं । सोमबार म्याग्दी पुग्नुभएको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले आज बिहान म्याग्दीका विभिन्न स्थलहरुको अवलोकन भ्रमण गर्नुभएको छ ।…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी