म्यानमारका राष्ट्रपति मिन्ट लुम्बिनीमा

36 Hits

रूपन्देही,१३भदौ।   बिमस्टेक सम्मेलनमा सहभागी हुन मंगलबार नेपाल आएका म्यानमारका राष्ट्रपति विन मिन्टले आज लुम्बिनी भ्रमण गर्दैछन् । उनी काठमाडौंबाट चार्टर प्लेनमा ३६ जनाको टोलीसहित आज बिहान ११ बजे भैरहवा ओर्लिएका छन् ।

त्यसपछि मिन्ट विमानस्थलबाट हेलिकप्टरमा लुम्बिनी पुगेका थिए । त्यहाँबाट लुम्बिनी भने १६ जनाको टोली गएको छ । मिन्ट लुम्बिीन ओर्लिंदा पर्यटनमन्त्री रवीन्द्र अधिकारी र ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले स्वागत गरेका थिए ।

राष्ट्रपति मिन्ट लुम्बिनी पुगेपछि उनले लगत्तै मायादेवी मन्दिरको भ्रमण गरेका थिए । राष्ट्रपतिले सोही मन्दिरमा पूजाआजसँगै ध्यान पनि गर्ने कार्यक्रम रहेको छ ।

लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईका अनुसार राष्ट्रपति मिन्टले लुम्बिनीमा पूजापाठ र ध्यानसहित गरेर करिब ८ घन्टा बिताउनेछन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी