पञ्चायतकालमा रेडियो सुन्दा कर तिर्नुपर्थ्यो

40 Hits

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको दायरा फराकिलो हुँदा करको क्षेत्र बढ्नु स्वभाविक भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सिंहदरबार अहिलेकै व्यवस्थाले घरघर पुर्याएको बताउँदै कर बढ्यो भनेर कोकोहोला मच्चाउनुको तुक नरहेको बताए ।


उनले पञ्चायतकालमा आफूले गोरु गाढामा समेत कर तिरको र प्रमाण गाढामा टाँसेर हिँडेको दृष्टान्त सुनाउँदै त्यतिबेला रेडियो सुन्दासमेत कर तिर्नुपरेको बताए ।  उनले अण्डासमेत कर लागेको, दूधमा समेत कर लागेकोजस्ता टिप्पणी आइरहेको बताउँदै बिक्रीयोग्य बस्तुमा कर लाग्नु स्वभाविक भएको जानकारी गराए ।

उनले स्थानीय तहलाई कर लगाउने अधिकार वर्तमान व्यवस्थाले दिएको भन्दै सरकारले सुझावमात्रै दिन सक्ने जानकारी  दिए ।

प्रधानमन्त्री ओलीले मुलुकी फौजदारी तथा देवानी संहितामा भइरहेको विरोध वेतुको भएको टिप्पणी गरेका छन् । उनले २०७४ साउनमा संसद्बाट पास भएर असोज अन्तिममा पास भएको संहिताबारे यो सरकारसँग जोडेर विरोध गर्नु बेतुकको भएको बताएका हुन् । “एकवर्षसम्म सुतेर अहिले जुरुक्क उठेर सरकारको अनुहार हेर्दै विरोध गरिएको छ,” उनले भने, “एकवर्षसम्म हामी किन चुप लाग्यौँ ।”

उनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले एकवर्ष पहिले हामीले मुलुकी ऐन फेर्यौँ भनेर गर्व गरेको, वक्तव्यबाजी गरेको, अहिले दुईतिहाईको दम्भ भन्दै विरोध गरेको भन्दै आश्चर्य प्रकट गरे । उनले संहितामा कुनै त्रुटी भए सच्याउन सबै तत्पर हुनुपर्ने बताएका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी