कचनापुरका २० घरपरिवारको उठिबास

123 Hits

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ कचनापुरका बासिन्दा राप्ती नदीबाट पीडित बनेका छन् । नदीले जग्गा कटान गरेर बग्ने धार परिवर्तन गरेपछि त्यस क्षेत्रका २० घरपरिवार विस्थापित भएका छन् ।

तीन साताको अन्तरालमा त्यस क्षेत्रमा करीब ५० बिगाहा बढी जमीन कटान गरी नदीको धार गाउँतिर सोझिएपछि सम्पूर्ण बस्ती डुबानको जोखिममा परेको पीडितहरू बताउँछन् । राप्तीसोनारी गाउँपालिका–२ का वडाध्यक्ष मदन ओलीले राप्ती नदीले धार परिवर्तन गरेका कारण तीन साताको अन्तरालमा मात्रै सो क्षेत्रमा करीब ५० बिगाहाभन्दा बढी खेतीयोग्य जमीन काटान गरी नदी गाउँतिर आउन लागेको बताए ।
नदी कटान रोक्नका लागि तटबन्धको लागि ‘जनताको तटबन्ध कार्यक्रम’ तथा विभिन्न निकायमा धाउँदा पनि सुनुवाइ नभएको ओलीले गुनासो गरे । मंगलबार प्रदेश नं ५ का सांसद कृष्णा केसीले नदीले कटान गरेको जग्गा अवलोकन समेत गरेका थिए । अवलोकनका क्रममा सांसद केसीले तटबन्धका लागि छुट्टै परियोजना सञ्चालन गरी समस्याको समाधान गर्ने तयारी भइरहेको बताए ।
“राप्ती नदीको कटान रोक्नका लागि छुट्टै परियोजना तयार गरेर तटबन्धको साथै नदीले कटान गरेको जमीनको विकासका लागि प्रदेश तथा केन्द्र सरकारबाट विशेष पहल गर्नेछु” उनले भने ।-रासस

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी