राष्ट्रियसभाका तीन समिति सभापतिमा नेकपा, एकमा कांग्रेस

123 Hits

काठमाडौँ- राष्ट्रियसभामा रहेको चारवटै समितिका सभापति निर्विरोध हुने भएका छन् । मंगलबार ३ वटा समितिका सभापतिमा एक–एक जनाको मात्र उम्मेदवारी परेकोले निर्विरोध हुन लागेको हो ।

एक समितिको सभापति भने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई दिने सहमति भएको छ । चार समितिका सभापति मध्ये राष्ट्रिय सरोकार तथा समन्वय समितिमा नेकपाको तर्फबाट पार्वती रावल, प्रत्यायोजित ब्यबस्थापन तथा सरकारी आश्वासन समितिमा  नेकपाका रामनारायाण बिडारी, विधायन ब्यबस्थापन समितिमा नेकपाका परशु मेघी गुरुङ सभापति हुने भएका छन् । उनीहरुलाई आज दिउसो शपथ गराउने कार्यक्रम रहेको छ ।

नेपाली कांग्रेसको भागमा परेको दीगो विकास  समितिमा केही प्राविधिक कारणले गर्दा केही समय पछि मात्र निर्वाचनका तयारी गरिएको छ । सो समितिमा सभापतिका लागि शिफारिस भएकी तारादेवी भट्ट राष्ट्रिय सरकार समितिका सदस्य हुन । उनी सो समितिको जेष्ठ सदस्य पनि हुन् । उनलाई  सरोकार समितिको बैठक बसेर दिगो विकासमा सारेपछि सभापति बन्ने स्रोतले बतायो ।

अब बस्ने सरोकार समितिको अध्यक्षता जेष्ठ सदस्यका हिसाबमा भट्टले गर्ने छन्। बैठकले उनलाई  दीगो विकास समतिमा सारिने छन भने सरोकार समितिमा कांग्रेसको तर्फबाट अर्को सदस्य पठाईने छ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी