मोदी आउँदा दुई सम्झौता

44 Hits

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सत्ता सम्हालेको चार बर्षमा चौथो पटक नेपाल आउँदै छन् ।

१७ बर्षदेखि भारतीय कार्यकारी नेपाल नआएको इतिहास तोड्दै मोदीले २०७१ साउन १८ गते नेपालको पहिलो भ्रमण गरेका थिए ।  पछिल्लो पटक बिमस्टेक सम्मेलनको अवसरमा आउँदो बिहीबार मोदी काठमाडौं उत्रँदै छन् ।

बिमस्टेक सम्मेलन सकिएपछि भारत र नेपालबीच दुईपक्षीय वार्ता र सम्झौता हुने तय भएको छ । दुईपक्षीय वार्तामा रक्सौल-काठमाडौं विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययन र बल्क कार्गोसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ । यी दुवै एजेञ्डामा प्रधानमन्त्री केपी ओलीको गत चैतमा भएको भारत भ्रमणमा समझदारी जुटेपछि ‘एमओयू’मा हस्ताक्षरका लागि बिमस्टेक सम्मेलनको अवसर पारिएको हो ।

यस्तै पशुपतिमा भारतीय सहयोगमा निर्मित धर्मशालाको मोदीले उद्घाटन गर्नेछन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी