एन्फाले बाँड्यो तीन करोड २० लाख

43 Hits

काठमाडौं। ग्रास रुट लेभलको फुटबल विकास गर्न र मैदान स्तरोन्नतीका लागि अखिल नेपाल फुटबल संघ एन्फाले आफूसँग आवद्ध जिल्लालाई तीन करोड २० लाख रुपैयाँ बाडेको छ।

एन्फाले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच आफू सम्बन्ध ४५ जिल्लाका अधिकारीहरुलाई उक्त रकम हस्तान्तरण गरेको हो।

एन्फाले मैदान स्तरोन्नतीका लागि विभिन्न हिमाली र पाहाडी १० जिल्लालाई १०–१० लाख गरि एक करोड तथा तराईका अन्य ३५ जिल्लालाई ५–५ लाख गरि १ करोड ७५ लाख बाडेको हो।

यस्तै एन्फाले यसै भदौको अन्त्यदेखि देशव्यापी रुपमा ग्रास रुट लेभलको कार्यक्रम सञ्चालन गर्न १ लाख बराबरको खेल सामाग्री सबै जिल्लालाई हस्तान्तरण गरेको छ। जसमा ६० वटा बल, ६६ वटा बिग्स, १ सय ८० वटा र्माकर आदि रहेको एन्फाले जनाएको छ।

एन्फा मुख्यालय सातदोबाटोमा भएको कार्यक्रमका प्रमुख अतिथी रक्षामन्त्री इश्वर पोखरेलले उपस्थित ४५ जिल्लाकै अध्यक्ष तथा प्रतिनिधिहरुलाई चेक तथा सामाग्री हस्तान्तरण गरेका थिए।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी