घरले च्यापिएर एकै परिवारका ५ जनाको मृत्यु, एक घाईते

83 Hits

सल्यान, १३भदौ।  सल्यानमा गएराति घरले च्यापिएर एकै घरका ५ जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका–४ सिमखोलीमा घर भत्किँदा एकै घरका ५ जनाको च्यापिएर मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

फाईल तस्वीर ।

मृत्यु हुनेमा ३९ वर्षीय रामसिंह कामी, उनकी ३५ वर्षीया श्रीमती रामकला कामी, उनकी ६ वर्षीया छोरी गङ्गा कामी, ५ वर्षीया छोरी प्रमिला कामी र ४ वर्षीय छोरा रुपलाल कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए ।
मृतक रामसिंहको एकतले घरको दलिन र पर्खाल भत्किएपछि च्यापिएर ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए । घटनालगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि सिमाखोली प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालय थारमारेबाट गएको टोलीले उद्धार गरेको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए । अहिले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको शाहीको भनाइ रहेको छ ।
घटनामा परेकी मृतककी ११ वर्षीय छोरी सुनिता कामीलाई जीवितै उद्धार गरिएको छ । अहिले सुनिताको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी