बलात्कार घटाउने उपायहरु : बलराम तिमिल्सेना

123 Hits

-बलराम तिमिल्सेना-

देशमा दिन दिनै बलात्कारका घटनाहरू घटिरहेका छन् / बलात्कारका विरुध्द आवाज पनि उठिरहेको छ / जति आवाज उठे पनि बलात्कारका घटनामा कमि आएको छैन बरु झन् झन् बढिरहेको छ / बलात्कारीलाई कारवाई गर्ने कडा कानूनको माग भैरहेको छ / आजीवन जेलदेखि मृत्यु दण्डसम्मका मागहरू उठेका छन् /
बलात्कार एउटा निकृष्ट अपराध भएकोले बलात्कारीलाई कडा सजायको माग हुनु नराम्रो कुरा होइन बरु ठिक कुरा हो / मृत्यु दण्ड या आजीवन जेल कुन खाले सजाय गर्ने भन्ने कुरा अलग हो / यो लेखको आशय अपराधीलाई के सजाय हुनु पर्छ भन्ने होइन बरु बलात्कारी जन्मने श्रोत के हो भनेर छलफल गर्नु हो / छलफलको क्रममा देबी देवता धर्म परम्पराबाटै कुरा सुरु गरेर अघि बढ्ने अनुमति चाहन्छु / मेरो आशय आस्तिकहरु तथा धार्मिक मानिसहरूको आस्थामा चोट पुर्याउने होइन तर छलफल गर्दा प्रश्न नै उठाउन नपाइने गरी केही कुरालाई पनि मुक्त राख्नु हुदैन भन्ने मेरो अनुरोध रहन्छ /

म हिन्दुहरूले असाध्य मान्ने केही देवताहरूबाट केही प्रसङ्ग झिक्छु / हिन्दुहरूले तीन जना मूल देवता भनेर मानेकामा शृष्टिकर्ता भनेर मानेका देवता हुन व्रह्मा / व्रह्मा स्वयंले आफ्नै छोरी सरस्वतीसँग यौन सम्बन्ध गरेको प्रसङ्ग आउँछ / हिन्दूहरू छोरीसँग यौन सम्वन्ध राख्ने बाउलाई भयानक व्यभिचारी मान्छन र हो पनि / तर आफ्नै छोरीसँग यौन सम्बन्ध राखेका भनिएका व्रह्मालाई घृणा गर्दैनन् वरु श्रिष्टिकर्ता मानेर पूजा गर्छन / ठूलाबढाले जे गरे पनि छुट हुने कुरालाई हिन्दूहरूले सुरुदेखि नै मान्दै आएको देखिन्छ / हिन्दुहरूका पालनकर्ता देवता भनिका विष्णु हुन / जालन्धरलाई युध्दमा पराजित गर्न विष्णुले जालन्धरकै भेष धारण गरेर श्रीमतीको यौन लुटेको कुरा पण्डितहरू सगौरव भन्ने गर्छन भने भक्त श्रोताहरूको दिलमा यो कुरा सुनेर विष्णुप्रतिको श्रध्दामा अलिकति पनि कमि हुदैन /घृणा पैदा हुनु त कता हो कता ! हिन्दुहरूका देवताका पनि देवता ईन्द्र हुन / ईन्द्र स्वयं गुरु पत्नीको यौन शोषण गरेको कारणले चर्चित छन् / आफ्ना गुरु गौतमकी श्रीमती अहिल्यालाई गुरु नभएको मौका छोपेर यौन सम्बन्ध गर्न शक्तिको आडमा वाध्य बनाएको र गौतमले देखेपछि ईन्द्रलाई शरीर भरि हजार योनी होस् भनेर श्राप दिएको कथा सुन्दै आनन्द लिने हिन्दु समाज नै हो / त्यसरी व्यभिचार गर्ने ईन्द्रप्रती घृणा जाग्नुको सट्टा उल्टै महान लाग्ने सोच कुन विचारबाट जन्मन्छ होला ?

स्वस्थानीमा सत्तरी वर्षका व्राम्हणले सात वर्षकी बच्ची बिहे गरेको प्रसङ्ग आँउछ /हिन्दू महिलाहरू यो कुरालाई ख्याल गर्छन कि गर्दैनन् कुन्नि ? सात वर्षकी बच्चीलाई सत्तरी वर्षको बुढाले बिहे गरेपछि बलात्कार नगरे के गर्छ होला र त्यो बलात्कार कति आततायी होला ?

सिव हिन्दूहरूका अर्का पूजनीय देवता हुन / यौनको मामलामा सिव पनि कम वदनाम छैनन् / श्लेस्मान्तक वनमा हरिणसँग पनि यौन सम्वन्ध गरेको सिव जीको कथा पनि छोपिएको छैन / यौन उत्तेजना भएपछी हरिणमाथि चढ्ने सिव र हिजो आज गाउँमा अर्काका खोरका बाख्री बिगार्ने पुरुष एकै हुन / बाख्री बिगार्ने पुरुषलाई पशु करनीमा मुद्दा हाल्ने र घिन मान्ने हामी सिवलाई भने पुजा गर्छौं / महिलाहरू माथि यौन जन्य छेडखान गर्ने तथा यौन अराजकता मच्याउनेमा कृष्ण सवैभन्दा वदनाम छन् / तर हिन्दू समाज कृष्णलाई एति धेरै प्रेम गर्छ कि कृष्णलाई हिन्दू महिलाहरू आफ्नो प्रेमी नै सोच्छन / आज जुन अर्थमा हिन्दु धर्म समाजमा प्रयोगमा छ यसले पुरुषलाई र पुरुषको लिंगलाई महिलाहरूमाथि अत्याचार गर्न निर्वंध छोडेको छ / महिलाहरू पुरुषका चरणका दासी हुन र पुरुषले जे गरे पनि उनीहरूले प्रतिवाद गर्नु हुन्न भन्ने कुरा हजारौ वर्षदेखि भनिदै र व्यवहारमा प्रयोग गर्दै आइयो /

मातृसत्ताको पतन र पुरुषसत्ताको जन्म पछि विवाह प्रणालीमा पनि बलात्कारलाई सामाजिक मान्यता दिइयो / वाल विवाह , अनमेल विवाह , लुटीविवाह जस्ता विवाहहरु महिलाहरूलाई बलात्कार गर्न छुट दिने परम्पराहरू हुन /हिन्दू महिलाहरूले असाध्य पवित्र मानेर व्रत बस्ने स्वस्थानीमा सत्तरी वर्षका व्राम्हणले सात वर्षकी बच्ची बिहे गरेको प्रसङ्ग आँउछ /हिन्दू महिलाहरू यो कुरालाई ख्याल गर्छन कि गर्दैनन् कुन्नि ? सात वर्षकी बच्चीलाई सत्तरी वर्षको बुढाले बिहे गरेपछि बलात्कार नगरे के गर्छ होला र त्यो बलात्कार कति आततायी होला ? यसरी हाम्रा धर्म संस्कार र परम्परामै बलात्कारलाई धार्मिक-सांस्कृतिक रुपमा कुनै न कुनै हिसाबले मान्यता दिइदै आइयो / पुरुषलाई अझ उच्च जातिको भनिएको पुरुषलाई फुक्काफाल छोड्ने हाम्रो परम्परालाई नियम कानुनले पनि मान्यता दिदै आए / जङ्ग बहादुरले जारि गरेको पहिलो मुलुकी ऐनमा करणी सम्वन्धि सजाय हुने जात जातका व्यवस्था छन् / हरेक दफा उप-दफामा “ वर्ष नाघेकी” भन्ने कुरा भेटिन्छ /

त्यसमध्य जवर्जस्ती यौन शोषण अर्थात वलात्कार महिलामाथि हुने उत्पीडनको सवैभन्दा निक्रिस्ट उत्पीडन हो / वलात्कारको जरो हाम्रा धर्म संस्कृति र सामाजिक परम्परामा छ र त्यो धर्म संस्कृति र परम्पराको जरो अर्थतन्त्रमा छ /

११ वर्ष पुगे पछि भन्नुको अर्थ १२ वर्ष पुगे पछी महिलाहरू यौन सम्वन्ध राख्न योग्य हुन्छन भन्ने हो / राज्यले कानून नै बनाएर ११ वर्ष पुगेकी केटी मान्छेसँग हुने यौन सम्वन्धलाई वाल यौन शोषण नमाने पछि त्यो तथाकथित यौन सम्वन्ध वलात्कार भयो कि भएन होला ? आजको कानून अनुसार हिजो झन्डै सत प्रतिशत महिलाहरू वाल यौन शोषणको शिकार भए अर्थात ती वलात्कृत भए / आर्थिक अधिकार पुरुषको ,वंश सम्वन्धि अधिकार पुरुषको ,सामाजिक, धार्मिक ,शैक्षिक अधिकार पुरुषको , सिंगै राज्यमा पुरुषको हाइदुहाईलाई मान्यता दिएपछि महिलाहरूले हजार थरिका उत्पीडन भोग्ने भए / त्यसमध्य जवर्जस्ती यौन शोषण अर्थात वलात्कार महिलामाथि हुने उत्पीडनको सवैभन्दा निक्रिस्ट उत्पीडन हो / वलात्कारको जरो हाम्रा धर्म संस्कृति र सामाजिक परम्परामा छ र त्यो धर्म संस्कृति र परम्पराको जरो अर्थतन्त्रमा छ /

जीव विज्ञानको कुनै कारणले या शरीरमा हुने कुनै रसायनको कारणले पुरुष कामोत्तेजनाले समालिन नसकेर वलात्कारी भएको होइन / आमाको गर्भमा धुकधुकी चल्न थालेबाटै पुरुषले अनेकन सुविधाहरु प्राप्त गर्छ / अधिकांस पुरुषले गर्भमै हत्याको शिकार हुनु पर्दैन भने छोरी भएकै कारणले गर्भमै मार्ने हाम्रो सामाजिक सांस्कृतिक परम्परा छ / यसरी आमाको गर्भमा हुदाबाटै गरिने सम्भावित हत्याबाट जोगिएर जन्मे पछी पनि छोरीले सबै भन्दा माहान भनिएकी आमाको मुखबाट समेत अर्काको घर जाने जात भनेर हेला होचो गरेको खप्नु पर्छ / छोरा जन्मदा गरिने हर्षोल्लास र छोरी जन्मदा हुने रुवावासीबाट छोरीका दुखका कहानीहरू अघि बढ्छन / घर समाज र राज्य सवैतिर हेपिएकी, भगवानहरूबाट समेत उहिले बलात्कार खेपेकी र धर्म संस्कृति सबैतिर तल्लो दर्जामा पारिएकी महिला पल पल मानसिक हिसाबले वलात्कृत हुन्छिन / अहिले भन्ने गरिएको वलात्कार त त्यसको सबै भन्दा नाङ्गो र निकृष्टतम रुप मात्र हो /

महिलाहरूमाथि हुने वलात्कारलाई हटाउने भनेको पुरुषसत्तावादलाई हटाउने भनेको हो / पुरुषसत्तावाद्लाई हटाउने भनेको पुरुषलाई धर्म संस्कृति परम्परा र कानुनले दिएका एकाधिकारहरू मास्ने भनेको हो / पुरुषका ती सारा एकलौटी अधिकारहरू मास्ने भनेको महिला पुरुष बराबरी हुने समाज बनाउने भनेको हो / महिला पुरुष बराबरी हुने समाज एक्लै आउदैन / त्यो महिला पुरुष बराबरी सहित धनी गरिब बराबरी अनि जुन जातको भए पनि मान्छे मान्छे बराबरी भएको समाज बनेर आउँछ / त्यो समाज भनेको समाजवादी समाज हो / त्यस्तो समाज रोएर कराएर आउदैन / त्यस्तो समाज महिलाहरू मात्रै लडेर पनि आउदैन / आजको पूँजीवादी समाज व्यवस्थाले शोषण दमन र उत्पीडन गरेका सवै मानिसहरू मिल्नु पर्छ / पुरषहरूको एकलौटी हिजो सामन्ती व्यवस्थासँग जोडिएको थियो भने आजको पूँजीवादले ती सवै मानवता विरोधी कुराहरुलाई आफ्नो बनाएको छ / त्यसो भनेको आजको व्यवस्थाको उत्पीडनको शिकार भएका महिला पुरुष सवै मिलेर एउटा लामो लडाई लड्ने भनेको हो /

त्यो समाज भनेको समाजवादी समाज हो / त्यस्तो समाज रोएर कराएर आउदैन / त्यस्तो समाज महिलाहरू मात्रै लडेर पनि आउदैन /

महिलाहरूमाथि उत्पीडन र भेदवाव गर्ने मान्यातहरू जहाँ जहाँ छन् त्यहाँ त्यहाँ महिलाहरूले आक्रमण गर्नु पर्छ / यसो भन्दा कुरा धर्ममा गैर ठोक्किन्छ , पवित्र मानिएको ईश्वरमा पुगेर ठोक्किन्छ / पुराना रुढीग्रस्त मान्यताहरूमा पुगेर ठोक्किन्छ / आजको समाजमा पुरुषभन्दा महिलाहरू बढी रुढिवादी छन् / धर्मकर्म भने पछी हुरुक्क हुने महिलाहरू नै छन् / थरी थरीका व्रत बसेर ज्यान सुकाउने महिलाहरू नै छन् / लामो अभ्यासबाट महिलाहरूलाई रुढिवादी बनाइएको छ / त्यसैले सवैभन्दा पहिले महिलाले भौतिकवादी हुन जरुरि छ / समाजवादी हुन जरुरी छ / बिद्रोही हुन जरुरी छ /

माथिको संक्षिप्त चर्चाको निष्कर्ष के हो भने आज महिलाहरूमाथि हुने वलात्कार लगायत उत्पीडनको जरो हजारौं वर्ष पुरानो जमिनमा गाडिएको छ / त्यो हजारौं वर्षको मूल्य मान्यता र संस्कारहरूमा जोडिएको छ / लगभग आठ हजार वर्ष पुरानो यो रोगको उपचार एकाध वलात्कारिलाई फाँसीमा चढाएर हुदैन / वलात्कारिको लिङ्ग काट्ने भन्ने जस्ता कुराले त हुदै हुदैन / पुरुष सत्तावादी सामाजिक कारखाना नै वलात्कारी जन्माउने कारखाना हो / जुन कारखानाबाट दिनहुँ वलात्कारीहरु जन्मिरहेका छन् / कारखाना वेरोकटोक चलिरहे पछी दिनमा दश जना वलात्कारीलाई झुन्ड्याए पनि वलात्कार रोकिदैन / हाम्रो ध्यान वलात्कारीलाई कडा सजाय गर्ने सँगै वलात्कारी जन्मने कारखाना पनि बन्द गर्नेमा हुनु पर्छ / पुराना महिला विरोधी मान्यताहरू केहि पनि नछोड्ने,समाजको पुरानो संरचनालाई भत्काउन तयार नहुने , रुढीवादी पनि भैरहने अनि हामीमाथिको उत्पीडन हट्नु पर्यो भन्नु, ढुंगाले किचिएको मानिसले ढुङ्गो नापल्टाई या नफुटाई मलाई उद्दार गर भने जस्तै अवैज्ञानिक कुरा हो /

मन्दिर भित्रको यौन शोषणको कुरा पनि नयाँ होइन / घरदेखि अफिशसम्म , प्रहरी चौकी देखि मन्दिरसम्म , होटल रेस्टुरेन्टदेखि लजसम्म वलात्कारका हजार अखाडा छन् /

आजको महिला विरोधी समाज व्यवस्थालाई राज्यले बचाएर राखेको हुन्छ / बाहिर देखाउनलाई जे भने पनि राज्यका निकायहरु महिला मैत्री हुदैनन् / प्रहरी , सेना , या सरकारी हाकिम देख्दा एक्ली महिलाले कहिले ढुक्कको महसुस गर्दिनन / प्रहरीबाटै महिला प्रहरी वलात्कार भएको हाम्रै देश हो / प्रहरी चौकी र सेनाका व्यारेकहरुभित्र कैयन महिलाहरु वलात्कृत हुन्छन /ममाथि वलात्कार भयो भनेर उजुरी गर्न जाने महिलालाई प्रहरीले सोध्ने प्रश्न र गर्ने व्यवहार सबैलाई थाहा छ / मन्दिर भित्रको यौन शोषणको कुरा पनि नयाँ होइन / घरदेखि अफिशसम्म , प्रहरी चौकी देखि मन्दिरसम्म , होटल रेस्टुरेन्टदेखि लजसम्म वलात्कारका हजार अखाडा छन् / महिला भनेकी पुरुषले जे पनि गर्न पाइने चिज हो र यो समाजमा हाम्रो बोलवाला भएकोले उसले हल्ला गरे पनि उल्टै उसैलाई लाज हुन्छ भन्ने मानसिकता समाजले पुरुषलाई थोपरेको छ / केहि गरी प्रहरीले समाते पनि पैसा दिएर मिलापत्रको नाममा कुरा मिलाउन सकिन्छ भन्ने पुरुषलाई थाहा छ / हजारौं घटनाबाट समाजको नाडी छामेको पुरुष वलात्कार जस्तो अपराध सजिलै गर्न पुग्छ / मठ मन्दिर , चौकी थाना , अदालत सवैतिर पुरुष नै भएको र प्राय पुरुषको धारणा उस्तै हुने भएकोले महिलाले न्याय पाउन मुस्किल हुन्छ /

अझै केहि वर्ष धर्म संस्कृति र परम्पराको सिक्रीले महिलाहरूलाई बाँध्ने छ / युगौको आदतले पिरोल्ने छ र अर्को संघर्ष फेरी लड्नु पर्ने छ / लामो र कठोर यात्रामा निस्कने प्रण गर्नु नै एउटा मात्र उपाए हो /

यी सवै कुराहरूको सार के हो भने महिलाले यो समाज मेरो लागि पनि पुरुषलाई जत्तिकै आनन्ददायक छ भनेर निस्फिक्री हुनको लागि सवै भन्दा पहिले यो पुरानो समाजलाई भत्काउने पर्छ / पुरुषहरुले आठ हजार वर्ष लगाएर निर्माण गरेका सारा मूल्य मान्यता र आदर्शलाई आगो सल्काएर खरानी बनाएपछि र महिला पुरुष बराबरी हुने समाज बनाएपछी मात्र महिलाहरुका आनन्दका दिन फिर्ने छन् /
त्यसैले महिलाहरूको मुक्तिको संघर्ष एउटा लामो र कठिन संघर्ष हो / आर्थिक तथा राजनीतिक रुपमा समान भएपछी पनि अझै केहि वर्ष धर्म संस्कृति र परम्पराको सिक्रीले महिलाहरूलाई बाँध्ने छ / युगौको आदतले पिरोल्ने छ र अर्को संघर्ष फेरी लड्नु पर्ने छ / लामो र कठोर यात्रामा निस्कने प्रण गर्नु नै एउटा मात्र उपाए हो /

Loading...

Related News

संविधान : अाधा भरि, अाधा खाली – डा. भट्टराई

संविधान बनेकाे ३ वर्ष पुग्दैछ । त्यही संविधान निर्माणकाे मुख्य अभिभारा निर्वाह गरेका पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान लाई…

पत्रकार राजु वस्नेत विरुद्ध उजुरी दिने शुशीलको यस्तो बकपत्र

-सुशील खनाल- पत्रकारिताका नाममा केहीले गरिरहेको बार्गेनिङ, ब्लाकमेलिङले सिंगो पत्रकारिता नै आज नकारात्मक बनेको छ । लोकतन्त्रमा पत्रकार र पत्रकारिता…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी