संविधानसभाकी पुर्व  सभासद उमा भुजेल पक्राउ, प्रहरीले दिएन सूचना

361 Hits

काठमाडौं, १२ भदौ ।

संविधानसभाकी पुर्व  सभासद उमा भुजेल गिरफ्तार भएकी छीन् ।

चर्चित माओवादी नेतृ उमा भुजेल (शिलु)लाई प्रहरीले मंगलबार काठमाडौँबाट पक्राउ गरेको परिवारको दावी छ । उनको पार्टीको हैसियत र जिम्मेवारीबारे कुनै आधिकारीक धारणा नआएपनि संचार माध्यमहरुमा उनलाई सैन्य कमाण्डरको रुपमा प्रचार गरिएको छ ।

उनलाई कहाँबाट पक्राउ गरिएको भन्ने कुरा गोप्य राखिएपनि उनी पक्राउ परेको उनको पारिवारिक स्रोतले दावी गरेको छ।सरकारले तत्कालिन माओवादी जनयुद्धमा समेत सैनिक फाँटमा काम गरेकी भुजेल नेत्रबिक्रम चन्द (बिप्लब) नेतृत्वको नेकपाकी नेतृ थिइन् ।
विप्लव नेकपाका प्रबक्ता खड्गबहादुर विक प्रकाण्डलाई पक्राउ गरेपछि आक्रोसित बनेको उक्त पार्टीकी नेतृ भुजेललाई गिरफतार गरेको विषयमा प्रहरी र सरकारी संयन्त्रले कुनै जानकारी नदिएपनि उनलाई पक्राउ गर्एिको उनको पारिवारीक श्रोतले बताएको छ ।

१० बर्षे माओवादी जनयुद्धकी चर्चित नेतृ भुजेलको नेतृत्वमा ५ जना महिलाहरुले जनयुद्धकालमा गोर्खा जेल ब्रेक गरेका थिए।उक्त जेल ब्रेकलाई जनयुद्धको एउटा महत्वपूर्ण र चर्चित परिघटघनाको रुपमा लिने गरिएको छ ।

पहिलो संविधान सभा सदस्य र त्यसअघिको अन्तरिम संसदमा सदस्य रहेकी भुजेल बिप्लब नेतृत्वको नेकपाकी शीर्ष नेतामा पर्ने बताइएको छ ।

गोर्खा जेल ब्रेक गरेर निस्केकी नेतृ भुजेल तत्कालिन जनमुक्ति सेनाको ब्रिगेड कमाण्डर र कमिसार भएकी थिइन्।

गोर्खा स्थायी घर भएकी भुजेल पछिल्लो समयमा प्रदेश नं ४ मा मुख्य केन्द्र बनाई पार्टी काममा परिचालित भएकी थिइन् ।
भुजेलको तत्काल सार्वजनीकरण र जिवन रक्षाको माग गर्दै परिवारले सरोकारवाला सबै पक्षलाई सहयोगको लागी अपील गरेको छ ।

Loading...

Related News

अहिलेसम्म विप्लव समुहका काे काे परे पक्राउ ?

काठमाडौं – सर्पको खुट्टा सर्पले नै देख्छ भनेजस्तै विगतमा सँगसँगै लडेभिडेका गृहमन्त्री रामबहादुर थापाले आफ्नै पूर्वसहकर्मी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको…

तेश्रो पटक पनि गिरफ्तार गरिए विप्लव समुहका प्रवक्ता प्रकाण्ड, समस्याको समाधान के ?

काठमाडौं, ७ भदौ । पुर्व माओवादी नेता तथा नेकपा विप्लव समुहका प्रवक्ता खड्गबहादुर विक प्रकाण्ड तेश्रो पटक गिरफ्तार गरिएका छन्…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी