होसियार ! यस्तो छ ट्राफिकको चेतावनी, बसपार्क बन्द, काेटेश्वरबाट छिर्न नपाईने

157 Hits

काठमाडौं, १२ भदौ ।

तपाई काठमाडौं चक्रपथ भित्र यात्रा गर्दै हुनुहुन्छ भने होसियार रहनुहोस फेरी बाटैमा जाम पर्नुहोला । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा आउने विभिन्न राष्ट्रका प्रमूखहरुको सवारी व्यवस्थापनको लागि भन्दै ट्राफिक प्रहरीले विभिन्न रुटमा आवागमन बन्द गराउने भएको छ ।
विमानस्थलदेखि कलंकीसम्मका विभिन्न रुटमा सवारी आवागमनको लागि सार्वजनीक सूचना जारी गर्दै आजैदेखि सावधानी अपनाउन आग्रह गरेको हो ।

जस अनुसार – काठमाडौको खुल्लामंच स्थित बसपार्क आज बाट ४ दिन सम्मको लागी बन्द हुने भएको छ । बसपार्क मर्मत गर्नु पर्ने भएकाले बन्द गरिएको हो ।
सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रेपलान्चोक, पनौती, बनेपा, लगायतका विभिन्न स्थानबाट अरनिको राजमार्ग हुदै खुल्लामंच आउने ठुला यात्रुबहाक सवारी साधनलाई कोटेश्वबाटै ड्राइभर्सन गरि सातदोबाटो, कलंकी, हुदै नयाँ बसपार्क पठाइएको छ ।
त्यसैगरी काठमाडौ, ललितपुर, भक्तपुरका विभिन्न स्थानबाट खुलामंच स्थित बसपार्क आउने सवारी साधनलाई भने रत्नपार्क वरपर पिक एण्ड ड्रप मात्रै, गर्ने व्यवस्था मिलाइएको ट्राफिक महाशाखाले जनाएको छ ।

एयरपोर्ट, कोटेश्वर, थापाथली, त्रिपुरेश्वर, कालीमाटी हुँदै संचालन हुने तिनपाङग्रे तथा ठुला सवारी साधनलाई बैकल्पीक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
उक्त स्थानमा चल्ने सवारी साधनलाई ड्राईभर्सन गरिएकाले वैकल्पीक मार्ग प्रयोग गर्न आग्रह गरिएको हो । उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई रातोपुल, गौरीघाट, चुच्चेपाटी, सिनामंगल, भत्केकोपुल, मुनिभैरव, कोटेश्वर, कलंकी, पुरानोबानेश्वर, हनुमानस्थान, सिंहदरवार, भद्रकाली, नागस्थान, टंकेश्वर, ताहाचाल मोड, बाफल चोक, बल्खु चोक, कुपण्डोलबाट ड्राइभर्सन गरिएको छ ।
ड्राईभर्सनका कारण लोकन्थली, जडिबुटी, कोटेश्वर, पिङगलास्थान, गौशाला, मित्रपार्क, चावहिल, कुपण्डोल, कलंकी, सुन्धारा, नागस्थान, न्युरोटगेट, जमल, पुतलीसडक, कमलादी लगायतका चोकमा सवारी साधनको चाप तिब्र भएको छ ।

Loading...

Related News

बिम्स्टेकको चौथो शिखर सम्मेलन शुरू, प्रम अाेलीद्वारा उद्घाटन (भिडियाे)

काठमाडौँ, १४ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन शुरू भएको छ…

बिमस्टेक सम्मेलनकाे तयारी पूरा, यस्ताे छ सुरक्षा व्यवस्था

काठमाडौं, १२ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनकाे तयारि पुरा भएकाे छ ।…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी