कांग्रेसले राख्याे सरकारसँग यस्ता ९ बुँदे माग

83 Hits

काठमाडौं, १२ भदौ ।

नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वको अघिल्लो सरकारले गरेको निर्णयहरु लागू गर्न सरकारसँग माग गरेको छ ।

लामाे समयपछि सत्ता बाहिर रहन बाध्य काँग्रेसले अाफेनाे उपस्थितिलाई जनस्तरमा बलियाे बनाउन कसरत गरिरहेकाे छ ।

पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुसँगको अन्तरसंवाद कार्यक्रममार्फत सो माग गरिएको हो ।

कार्यक्रमपछि पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा अघिल्लो सरकारले गरेका निर्णयहरु तत्काल लागू गर्ने मागसहित ९ बुँदे प्रस्ताव पारित गरेको जनाइएको छ । जसमा अघिल्लो सरकारले गरेका सामाजिक सुरक्षा भत्ता, ६५ वर्ष पुगेका ज्येष्ठ नागरिकहरुलाई वृद्ध भत्ता, स्वास्थ्य सम्वन्धी सुविधा लगायत र भुकम्प पीडितहरुलाई दिने सुविधा वर्तमान सरकारले कटौती गरेको, संविधानले प्रत्याभूति गरेको नागरिक हक, प्रेस स्वतन्त्रता जस्ता विषयमा विभिन्न वहानामा निषेध गरिएको, कांग्रेस जितेको स्थानमा बजेट नदिने, थोरै दिने, किस्तावन्दीमा दिने वा सशर्तमा दिने जस्तो भेदभावपूर्ण बजेट विनियोजन कार्य गरिएको, नगरपालिकाहरुमा तत्काल कर्मचारी पठाउने र पठाउँदा आस्थाको आधारमा भेदभाव गरी पठाउने काम गरिएको, निर्मला पन्त माथि भएको बलात्कार र हत्या जस्तो जघन्य अपराध भएको र बलात्कार, अपहरण र हत्याको घटना दिन दिनै बढेदै जाँदा पनि यसको नियन्त्रण र सजायको लागि सरकार असक्षम र अकर्मन्यता फसेको दाबी गर्दै यी सबै समस्याहरुको निराकरण गर्न माग गरिएको छ ।

 

कांग्रेसले यी सबै कार्यहरुको निन्दा र भत्र्सना गर्दै आपरधिक कार्यमा संलग्नहरुलाई तत्काल कार्वाही र स्थानीय तहमा देखिएका समस्याहरुप्रति सरकारलाई जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह समेत गरिएको छ ।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी