वाइड वडि विमान खरिद अनियमिततामा छानविन शुरू, के हाेला अब ?

239 Hits

काठमाडौं, १२ भदौ ।

पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको दुईवटा वाइड बडी विमान खरिद प्रकरणमा देखिएका अनियमितताबारे छानबिन सुरु गरेको छ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महाशाखाका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइ छानबिन थालिएको बताए । निगमले दुईवटा वाइड बडी विमान खरिद गर्दा देखिएका र सार्वजनिक भएका सम्पूर्ण विषयवस्तु छानबिन गर्न लगाएको र समितिले तयार पारेको प्रतिवेदन छिट्टै सार्वजनिक गरिने बताए।

‘सिधै खरिद नगरी दलाल खडा गरेर खरिद गरिएको विषय गम्भीर छ’, मन्त्री अधिकारिले भने, ‘हामी हेर्दैछौं, जे जे कुरा उठेको हो, एक एक गरी हेर्छाैं ।’

अाजकाे अन्नपूर्ण पाेष्टमा समाचार छ –

समितिमा निगम सञ्चालक समितिका सदस्य मुक्ति पाण्डे, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक रितेशराज पन्त, निगमकै सञ्चालक समितिका सदस्य-सचिव अशोक सिग्देल, प्राधिकरणका विशेषज्ञ पाइलट बीएम अमात्य छन् ।

निगमले खरिद गरेका दुईवटा वाइडबडी विमानमा ५२ लाख अमेरिकी डलर बढी तिरिएको, सीधा खरिद नगरी चारवटा दलाल राखिएको, म्यानिफ्याक्चरिङ सिरियल नम्बर (एमएसएन) नै फरक पारी विमानको भारवहन क्षमता (म्याक्सिमम टेक अफ अफ वेट) घटाइएको लगायतका अनियमितता भएका विषयमा अन्नपूर्णले खोजमूलक समाचार प्रकाशित गरेको थियो ।

महालेखा परीक्षकको २०७४÷७५ को ५५ औं वार्षिक प्रतिवेदन (पेज नं. ४८, बुँदा नं. १४२) मा ‘एयर बस निर्माता कम्पनीलाई छली बीचमा दलाल राख्ने उद्देश्यले एक हजार घण्टा उडेको जहाजका लागि आरएफी जारी गर्नु र त्यसपछि तीन, चारवटा दलाल खडा गरी खरिद प्रक्रिया अघि बढाउनु कानुनविपरीत भएको’, उल्लेख छ ।

यता मन्त्री अधिकारीले छानबिन गर्न समिति गठन गरे पनि उक्त समितिलाई निगमले असहयोग गरेको पाइएको छ । समितिलाई १५ दिन भित्र वाइड बडी जहाज खरिद गर्दा आरएफपीमा मागिए भन्दा फरक परेको म्याक्सिमम टेक अफ वेट (एमटीओडब्ल्यु), आरएफपीमा मागिएका उपकरण के कति आएका छन् ? निगमले मागेको भन्दा कुन उपकरणमा कति फरक प¥यो भन्नेसहितको विषयमा छानबिनको कार्यगत शर्त दिएको थियो ।

Loading...

Related News

विमानकाे शाैचालयमा २३ किलाे सुन भेटियाे

काठमाडौं, २५ चैत- बङ्गलादेशको दोस्रो ठूलो चट्टोग्राम विमानस्थलमा विमानको शौचालयमा वेवारिसे अवस्थामा छोडिएका झण्डै २०० वटा सुनका सिक्का विमानस्थल भन्सार अधिकारीले…

वाईडबडी ६६ कराेड घाटामा, कसरी भयाे यत्रो घाटा ?

काठमाडौं, १७ चैत – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइडबडी उडानमा एक अर्ब ६६ करोड रुपैयाँ घाटा भएको छ। वाइडबडीले…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी