बिमस्टेक सम्मेलनकाे तयारी पूरा, यस्ताे छ सुरक्षा व्यवस्था

126 Hits

काठमाडौं, १२ भदौ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनकाे तयारि पुरा भएकाे छ ।

नेपालमा हुन लागेको सम्मेलनकाे सुरक्षा लगायतका सम्पूर्ण तयारि पूरा भएको परराष्ट्र मन्त्रालयले दाबी गरेकाे छ ।

बिमस्टेक शिखर सम्मेलनका क्रममा काठमाडौं उपत्यकाको सडकमा हुने सवारी आवागमन सहज र सरल बनाउन जोर–विजोर सेवा लागू गरिएको छ।

सम्मेलनमा अाउने भिअाईपि अतिथिहरूकाे स्वागतकाे लागि विमानस्थलदेखि कलंकी सम्मकाे रूटमा दर्जनौं स्वागत गेट निर्माण गरिएकाे छ भने तिनकुनेकाे खुला चाैरलाई बारेर अाकर्षक बनाईएकाे छ ।

भदौ १४ र १५ गते हुने सम्मेलनलाई सुरक्षित बनाउन सरकारले चारवटै सुरक्षा निकायका १८ हजार बढी सुरक्षाकर्मी परिचालनको तयारी गरेको छ।

भारतका प्रधानमन्त्री मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री छानोछा आगमनका क्रममा १४ गते बिहीवार बिहान ८ देखि १० बजेसम्मको समयमा विमानस्थलको उडान अवतरण सेवा बन्द हुनेछ।

एकै पटक तीन देशका ‘भिभिआइपी’ को आगमन हुने भएकाले एयरजाम घटाउन छोटो समयका लागि उडान सेवा स्थगित गर्ने निर्णय भएको हो।
भिभिआइपीहरुको आगमनसँगै विमानस्थलमा हुने एयर ट्राफिक जाम घटाउन अन्तर्राष्ट्रिय उडान सेवालाई २४ औं घण्टा खुला राखिने बताइएको छ ।

गृह मन्त्रालयले १३ र १५ गते विजोर र १४ गते जोर नम्वरका सवारी साधन सञ्चालन गर्न अनुरोध गरेको छ।

सम्मेलनमा आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षार्थ भारतीय सेनाको कमाण्डो काठमाडौं आइपुगेको छ।

भारतीय प्रधानमन्त्री मोदीका लागि सुरक्षा व्यवस्था मिलाउन उनले प्रयोग गर्ने तीनवटा बुलेटप्रुफ कारसहित सेनाको १३ जना कमाण्डो आइतबार नै काठमाडौं आएको हो।

भारतीय वायुसेनाको जहाजबाट भारतीय कमाण्डो आइतबार दिउँसो यहाँ आएका हुन्।

तीन घेरामा सुरक्षा व्यवस्था मिलाइएको छ। पहिलो घेरामा नेपाली सेना, दोस्रोमा नेपाल प्रहरी र तेस्रोमा सशस्त्र प्रहरी तैनाथ रहनेछ ।

सम्मेलनस्थलको भित्री सुरक्षा व्यवस्थापनको जिम्मेवारी र भिभिआइपीहरु भ्रमण गर्ने मुख्यस्थलको सुरक्षा जिम्मा सेनालाई दिइएको छ ।

सैनिक प्रवक्ता गोकुल भण्डारीका अनुसार बिमस्टेकजस्तो अन्तर्राष्ट्रिय शिखर सम्मेलनलाई सुरक्षित र व्यववस्थित बनाउन सुरक्षा व्यवस्थापनमा सेना परिचालन भएको बताए ।

सेनाले शिखर सम्मेलनका विशिष्ट अतिथिहरुको आवत–जावत हुने महत्वपूर्ण स्थलहरु र सडकका अतिरिक्त उपत्यकाको प्रायः सडक गल्लीहरुमा सेनाले २४ औं घण्टा पैदल गस्ती गर्ने भएको छ ।

पैदल गस्तीमा उपत्यका पृतना अन्तरगत विभिन्न युनिटहरुबाट सुरक्षाकर्मी खटाइएको सेनाले जनाएको छ ।

त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलक्षेत्र र होटल सोल्टीमा रहेको सम्मेलन स्थलको सुरक्षा जिम्मेवारी पनि सेनालाई प्रदान गरिएको छ।

गृह मन्त्रालयका अनुसार विशिष्ट अतिथिहरुको सवारी सञ्चालनदेखि सम्मेलनस्थलको सुरक्षामा दोस्रो तहको सुरक्षा घेरामा प्रहरीको उपस्थिति हुने छ। प्रहरीलाई ‘ब्याक सर्पोट’ मा सशस्त्र प्रहरी परिचालन गरिएको छ।

यसैबीच नेपाल प्रहरीले बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुने विशिष्ट अतिथिहरुको कार्गेट सवारी सञ्चालनका लागि सोमबार बिहान पूर्वाभ्याससमेत गरेको थियाे ।

अतिथिहरुलाई आवश्यक सुरक्षा ब्यवस्थासहित आवास स्थलसम्म पुर्‍याउन पूर्वअभ्यास गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि होटल सोल्टीसम्म बिहान ८ बजे एक घण्टा लामो कार्गेट सवारी सञ्चालनको पूर्वअभ्यास गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको हो।

विशिष्ट अतिथिहरुको सुरक्षाका लागि दुई वटा जामर गाडीसहित नौदेखि १२ वटा कार्गेट सवारी हुने जनाइएको छ ।

 

Loading...

Related News

बिम्स्टेकको चौथो शिखर सम्मेलन शुरू, प्रम अाेलीद्वारा उद्घाटन (भिडियाे)

काठमाडौँ, १४ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन शुरू भएको छ…

होसियार ! यस्तो छ ट्राफिकको चेतावनी, बसपार्क बन्द, काेटेश्वरबाट छिर्न नपाईने

काठमाडौं, १२ भदौ । तपाई काठमाडौं चक्रपथ भित्र यात्रा गर्दै हुनुहुन्छ भने होसियार रहनुहोस फेरी बाटैमा जाम पर्नुहोला । बहुक्षेत्रीय…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी