पाेखरामा फेरि १८ वर्षीय युवतिकाे शव फेला

75 Hits

पोखरा, १२ भदौ ।

पाेखरामा फेरि १८ वर्षकी युवतिकाे शव फेला परेकाे छ ।

बेपत्ता भएकी भनिएकी एक किशोरी आज फेवातालमा मृत अवस्थामा फेला परेकी प्रहरीले बताएको छ ।

पोखराको पुम्दी भुम्दीस्थित शान्ति स्तूप नजिक कोदी बस्ने १८ वर्षीया सुस्मीता लामिछाने मृत अवस्थामा फेला परेकी हुन् ।

ड्यामसाइडस्थित फेवातालको किनारमा उनको झोला र मोबाइल भेटिएपछि प्रहरीको उद्धार टोलीले फेवातालमा खोजबिन गर्दा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र गुरुङले जानकारी दिए ।

शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा पठाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

Related News

साँसद निरु पालको हराएको मोवाइल ७ घण्टासम्म उनकै कोठामा एक्टिभ !

काठमाडौँ, २३ साउन । प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाई चल्दाचल्दै उनको पक्षमा कोही व्यक्तिले सांसद निरु पाललाई राती साढे आठ…

मलहोत्राको नाम जोडिएपछि अवरुद्ध भयो ३३ किलो सुन तस्करी काण्डको छानवीन

काठमाडौं, १० साउन । नेपालमा ३३ किलो सुन तस्करी काण्डले करिब २ महिना लगातार बजार पिट्यो । सबै दैनिक अखबार…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी