पाइलट पर्याप्त, ६ जहाज ग्राउन्डेड

187 Hits

काठमाडौं, ११ भदौ-

नेपाल वायु सेवा निगमले आन्तरिक उडानतर्फ चालू हालतका आठमध्ये ६ जहाज थन्काएको छ। अनि बहाना बनाएको छ- पाइलटै छैन। अन्नपूर्णलाई प्राप्त कागजातले भने उसँग जहाज उडाउने पाइलट पर्याप्त भएको देखाउँछ।

ल्याएको जहाजै नउडाएर गत आर्थिक वर्ष ३५ करोड रूपैयाँभन्दा बढी घाटा खाँदै आएको निगमसँग ६ वटा चिनियाँ जहाज छन्। तीमध्ये दुईवटा ठूला (एम ६०) र चारवटा साना (वाई १२) छन्। निगमले मुस्किलले एउटा ठूलो र एउटा सानो मात्रै उडाउने गरेको छ भने चारवटा ग्राउन्डेड छन्।

त्यसैगरी ३० वर्षअघिको ट्वीनअट्टर विमान पनि साउन १८ देखि एयरपोर्टमा ग्राउन्डेड छ। कुनै बेला १२ वटासम्म रहेका ट्वीनअट्टर अहिले तीनवटा मात्र बाँकी छन्। बाँकी दुईमध्ये पनि एउटा उडे अर्काे उड्दैनथ्यो। मुलुकको अति दुर्गम क्षेत्रलाई जोड्ने यी जहाजलाई पनि निगमले पाइलट नभएको भन्दै थन्काइरहेको छ।

निगमसँग ट्वीनअट्टर उडाउने पाइलट १० जना छन्। यीमध्ये आईआर गुरुङ, पी शेर्पा, एम विष्ट, यू सिलवाल र एमबी तुम्बाहाङ्फे पाइलट हुन् भने एमबी शाही, आरके रौनियार, के थापा, बी प्याकुरेल र ए आर्या को-पाइलट छन्। ट्वीनअट्टर उडाउने पाइलटमध्ये गुरुङ, श्रेष्ठ र विष्ट तारा एयरलाइन्सबाट करारमा मासिक १०-१० लाख रूपैयाँ तिरेर ल्याइएको हो। जहाज बन्द गराएर ती पाइलटलाई निगमले तलब मात्र खुवाइरहेको छ।, यो खबर आजकोअन्नपुर्णपोष्टम छ ।

 

Loading...

Related News

प्रश्नका उत्तर दिँदै अर्थमन्त्री–आर्थिक वृद्धिदर ८ प्रतिशत हुन्छ

काठमाडौँ, ८ असार । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्ने बताउनुभएको…

आजको विदेशी विनीमय दर : कति छ डलरको भाउ ?

काठमाडौं, ४ असार । नेपाल राष्ट्र बैंकले असार ४ का लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ २३ पैसा…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी