कल्पनाले लेखिन् यस्ताे भावुक गित…नअाउ भाइ लिन मलाई

459 Hits

काठमाडौं, १० भदौ ।

देशैभर बालबालिका र महिलामाथी भइरहेकाे बलात्कार र हत्याकाण्डकाे समाचार अाइरहेका बेला महिला र बालिकाको सुरक्षा हुन नसक्ने भएकाले अाफू तिजमा माइत अाउन नसक्ने जवाफ कल्पना न्याैपानेले पठाएकी छिन् ।

१० वर्षे जनयुद्धमा सहभागी भएकि उनले एक गीति कविता फेसबुकमा लेख्दै बालिका र महिलाकाे रक्षा गर्न डण्डा बाेकेर गस्ती गर्न अाव्हान गरेकी छिन् ।

हेराैं उनकाे भावुक गित शव्दमा ….

तीजमा लिन नआउ भाई तिम्री भान्जी सानी छे
हत्यारालाई फाँसी देउ भन्न जानी छे
सासु आमा बुढि भइन तिनको रक्षा गर्नु छ
अपाङ छीन नन्द मेरी जोगाई राखनु छ

बिदेश गाका तिम्रा भेना कैले आउछन थाछैन
धेरै दिन भो रात भर निन्द्रा लाछैन
तल्ला घर माथ्ला घर वल्लो पल्लो गाउमा
महिला मात्रै छौ है भाई दुर्गम ठाउमा

सासु नन्द छरछिमेकि सबै जना मिलेर
डण्डा बोकी ड्युटि गर्छौ हिम्मत लिएर
राम्रो रेखदेख गरेस भाई भाउजु बैनी आमाको
वल्लो गाँउ पल्लो गाउँ जम्मै जानाको

हिजोमात्रै मेरी भान्जी स्कुलबाट फर्कीनन्
स्कुल कलेज बन्द गर्देउ छोरी पड्दीनन्
स्कुल कलेज अफिस कतै देखिएन चयन
फाँसि दिने कानुन अब नभै भएन

कडा माग राखेकाछौ सबै दिदि बैनिले
सुध्रिदैनन् बलातकारी बन्धि कैदिले
कता होला राष्ट्र संघ कता मानव अधिकार
बलात्कारीलाई फाँसि दिने चाहियो अधिकार

– कल्पना न्याैपाने

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी