देउवाले सदनमा अाेलीलाई साेधे – कस्तो लाेकतन्त्रकाे अभ्यास गर्दै हाे ?

196 Hits

काठमाडौँ,१० भदाै :

प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले फौजदारी एवं देवानी संहितामा रहेको प्रेस स्वतन्त्रतालाई कुण्ठित बनाउने प्रावधान संशोधनको प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर नेता देउवाले प्रेस स्वतन्त्रताविना लोकतन्त्र सुदृढ हुन नसक्ने भएकाले कानून संशोधनको तयारी शुरु गर्न माग गरेका हुन् ।
‘बालिकामाथि हुने गरेको बलात्कारको शृंखलामा सरकारले दोषी पत्ता नलगाउँदा असन्तुष्टि बढेको छ’ उनले भने ‘प्रधानमन्त्रीले कस्तो लोकतन्त्रको अभ्यास गर्दै हुनुहुन्छ, यस्ता घटनाका दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याइनुपर्छ ।’

सरकारले संविधानको धारा २५० बमोजिम प्राकृतिक स्रोत तथा वित्तीय आयोग गठन नगर्दा करका विषयमा समस्या आएकाले शीघ्र गठन गर्न नेता देउवाले सरकारको ध्यानाकर्षण गराएका थिए। उखु किसानले मूल्य नपाएको र किसानले समयमा मल नपाएकाले उचित व्यवस्था मिलाउन पनि नेता देउवाले ध्यानाकर्षण गराएका थिए ।

Loading...

Related News

कांग्रेसका ५६ जिल्ला सभापतिले भने ‘केन्द्रीय समितिको निर्णय अबैध’ (नामवलीसहित)

काठमाडौं, २१ फागुन । नेपाली काँग्रेसका ५६ जिल्ला सभापतिले केन्द्रीय समितिले गरेको निर्णय अबैध भएको आरोप लगाएका छन् । विधान…

धर्मनिरपेक्षता विरूद्व खडा भए कांग्रेस सकिन्छ – प्रचण्ड

काठमाडौ, ८ पुस – नेकपा अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धर्म निरपेक्षता विरूद्व खडा भएमा नेपाली कांग्रेस समाप्त…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी