बिमस्टेकका भीभीआईपीको हरेक गाडीसँग एउटा एम्बुलेन्स

61 Hits

     काठमाडौं, १० भदौ। यही १४ र १५ गते काठमाडौंमा हुने बिमस्टेक सम्मेलनका लागि आउने विशिष्ट पाहुनाका लागि सरकारले विशेषज्ञसहितको विशिष्ट स्वास्थ्य सेवा दिने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिव पुष्पा चौधरीको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको छ ।

मन्त्रालयअन्तर्गतको हेल्थ इमर्जेन्सी एण्ड डिजास्टर म्यानेजमेन्ट युनिटका प्रमुख चूडामणि भण्डारीका अनुसार विशिष्ट पाहुनाको स्वास्थ्य सुरक्षाका लागि विमानस्थल, सम्मेलनस्थल र होटलमा भेन्टिलेटरसहितको एम्बुलेन्स, चिकित्सक तथा स्वास्थ्यकर्मीसहितको टोली रहनेछ ।

स्वास्थ्य मन्त्रालयले विमानस्थलदेखि होटलसम्म विशेषज्ञ चिकित्सकसहितको एउटा एम्बुलेन्स सञ्चालन गर्नेछ । त्यसैगरी आकस्मिक अवस्थाका लागि १३ वटा एम्बुलेन्स राखिएको छ । नेपाल एम्बुलेन्स सर्भिसका ६ वटा एम्बुलेन्स पनि तैनाथ रहनेछन् । नर्भिक अस्पताल, मेडिसिटी अस्पताल, धुलिखेल अस्पताल, त्रिवि शिक्षण अस्तपाल, नेपाल प्रहरी र आर्मी अस्पताल पनि स्वास्थ्य सेवाका लागि तयार रहनेछन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी