बागलुङका सबै स्थानीय तहमा बैङ्क

113 Hits

बागलुङ-स्थानीय तहमा बैङ्क पुर्याउने राष्ट्र बैङ्कको नीति अनुसार यहाँका दशवटै स्थानीय तहमा बैङ्कका शाखा खुलेका छन् ।ग्रीन डेभलपमेन्ट बैङ्कले शनिबार काठेखोला गाउँपालिकामा बैङ्कको शाखा विस्तार गरेसँगै सबै स्थानीय तहमा बैङ्कको पहुँच पुगेको हो । सबैभन्दा बढी प्रभु बैङ्कले आठ स्थानीय तहमा आफ्ना शाखा विस्तार गरेको छ ।

 

प्रभुले गत महीना मात्र ताराखोला गाउँपालिकामा शाखा पु¥याएको थियो । बागलुङकै देवी भट्टचन अध्यक्ष रहनुभएको प्रभु बैङ्क दशवटै स्थानीय तहमा शाखा खोल्ने तयारीमा छ । प्रभुपछि ग्लोबल आईएमई बैङ्कले चार स्थानीय तहमा आफ्ना शाखा विस्तार गरेको छ । बागलुङकै चन्द्र ढकाल अध्यक्ष रहनुभएको ग्लोबलले पनि अन्य स्थानीय तहमा पनि शाखा पु¥याउने जनाएको छ ।

बागलुङमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैङ्क पनि गलकोट र ढोरपाटन नगरपालिकामा शाखा विस्तार गर्ने योजनामा छ । ग्रामीण भेगमा आधुनिक बैंकिङ सेवा पु¥याउने लक्ष्य लिइएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले बताउनुभयो ।

बागलुङको काठेखोलामा शाखा सञ्चालनमा आएसँगै ग्रीनका शाखा सङ्ख्या चार पुगेको छ । बैङ्क सञ्चालनमा आएसँगै गाउँपालिकालाई आर्थिक गविविधिसँग जोडन् सहज भएको छ । सदरमुकाम रहेको बागलुङ नगरपालिकामा भने दुई दर्जन बढी बैङ्कका शाखा छन् । सदरमुकामसँगै गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकामा नेपाल बैङ्क लिमिटिडको पनि शाखा सञ्चालनमा छ । सबै भन्दा बढी वाणिज्य र त्यसपछि विकास बैङ्कले आफ्नो सेवाको पहुँच बढाएका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी