गाउँले भेलामै कुटिइन् महिला

62 Hits

सिरहा -, ११ भदौ। सिरहाको धनगढीमाई नगरपालिका–३ कुर्वा हनुमाननगरमा ‘गाउँलेले गरेको निर्णय नमानेको’ भन्दै ४८ वर्षीया लक्ष्मीकुमारी महतोलाई निर्घात कुटिएको छ । कान्छो छोराले युवतीमाथि ‘नराम्रो नजर लगाएको’ जरिवाना झन्डै ३० लाख तिर्न अस्वीकार गर्दा उनी कुटिएकी हुन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

पीडित लक्ष्मीका कान्छा छोरा १९ वर्षीय सुशीलकुमारले स्थानीय युवतीमाथि ‘नराम्रो नजर’ लगाएको भन्दै सजाय तोक्न गाउँलेले ४ भदौमा भेला डाकेका थिए । वडाध्यक्ष देवकुमार साहसहितको उपस्थितिमा भएको छलफलले सात लाख ५० हजार रुपैयाँ जरिवाना र २२ लाख रुपैयाँको कपाली तमसुक बनाउने निर्णय गरेको थियो ।

तर, उनले तिर्न नसक्ने बताएपछि स्थानीय परमेश्वर यादव, जलेश्वर यादव, लालु यादव, कमल यादवलगायतले निर्घात कुटपिट गरेको जेठा छोरा संजीवले बताए ।

कान्छो भाइ सुशीललाई पनि डोरीले हात बाँधी करिब दुई घन्टा घाममा लडाएर यातना दिएको संजीवको भनाइ छ । ‘छोरालाई हात बाँधेर लडाउँदा पनि सहेँ, तर तिर्नै नसक्ने गरी जरिवाना र कपाली तमसुक तयार गरेपछि नमान्दा यस्तो हालत बनाए,’ लक्ष्मीले भनिन् ।

वडाअध्यक्ष साहले भने सामाजिक छलफलमा आफू भए पनि कुटपिट गरेको घटना घर आएपछि मात्र थाहा पाएको बताए । उनले छलफलमा जरिवानाको कुरा नउठेको दाबी गरे । ‘सामाजिक छलफलले गरेको निर्णय नमानेपछि कुटपिट भएको साँझ घर फर्केपछि मात्र थाहा पाएको हुँ,’ उनले भने, ‘म रहुञ्जेल जरिवाना र कपाली तमसुकको कुरा उठेको थिएन ।’

तीन छोरासहित गाउँमा खेतीपाती गरेर जीविका चलाउँदै आएकी लक्ष्मीका पति हरिदेव महतो रोजगारीका क्रममा विदेशमा छन् । गाउँकी युवतीमाथि नराम्रो नजर लगाएको भन्दै गत २२ साउन राति स्थानीयले उनीहरूको घर घेरा हालेर खानतलासी गरेका थिए । तर, छोरा सुशील सुतिरहेको भेटेपछि उनीहरू त्यत्तिकै फर्किएका थिए । त्यसको चार दिनपछि २६ साउनमा युवती पक्षले इलाका प्रहरी कार्यालय धनगढीमा उजुरी दिएको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी