अमेरिकी मन्त्री र नेकपा अध्यक्ष प्रचण्डबीच भेट

85 Hits

काठमाडौं, १० भदौं ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डसँग अमेरिकी दक्षिण तथा मध्य एसिया मामिला उपसहायक मन्त्री एलिस जि. वेल्सले भेट गर्नुभएको छ ।

अध्यक्ष निवास खुमलटारमा आइतवार बिहान भएको भेटमा नेपालको आर्थिक समृद्धिमा अमेरिकी सहयोग र समर्थन बारे चर्चा भएको थियो । निवासमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘नेपालको शान्ति प्रक्रिया, गणतन्त्रको घोषणा र संविधान निर्माण हुँदै त्यसको सफल कार्यान्वयनमा अमेरिकी जनता र सरकारको सद्भावका लागि धन्यवाद छ ।’
उहाँले ७० वर्षदेखिको राजनैतिक अस्थिरताको अन्त्य गरी स्थिरता कायम गरेको बताउनुहँदै अब आफूहरु आर्थिक समृद्धिमा लागेको स्पष्ट पार्नुभयो ।
भौतिक पूर्वाधारको निर्माण, पर्यटन क्षेत्रको विकास, जलविद्युत उत्पादन र कृषिमा आधारित उद्योगको विकासमा अमेरिकी सहयोग आवश्यक रहने अध्यक्ष प्रचण्डको भनाई थियो ।

उहाँले त्यसको लागि लगानीको सुरक्षा गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘ नेपालमा हुन लागेको बिमस्टेक सम्मेलन आर्थिक विकासका लागि सहयोगीसिद्ध हुनेछ ।’
उहाँले शान्ति, समृद्धि र लोकतन्त्र प्रति आफूहरु पूर्णप्रतिवद्ध रहेको बताउनुहुँदै संसारमा स्थापित लोकतन्त्रको मान्यता अनुसरण गरिएको बताउनुभयो ।
भेटका अवसरमा मन्त्री वेल्सले नेपालको राजनीतिक स्थायित्वमा महत्वपूर्ण योगदान रहेको भन्दै अध्यक्ष प्रचण्डको प्रशंसा गर्नुभएको थियो । उहाँले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण विश्वका लागि मोडल भएको बताउनुभयो ।

नेपाल र अमेरिकाको द्विपक्षीय सम्बन्ध राम्रो रहेको मन्त्री वेल्सको धारणा थियो । उहाँले वर्तमान स्थायी सरकार नेपालको आर्थिक समृद्धिका लागि गतिलो आधार भएको बताउनुभयो । उहाँले साइबर सुरक्षा र प्रकोप नियन्त्रणमा आफूहरु सहयोग गर्न इच्छुक रहेको बताउनुभयो । मन्त्री वेल्सले भन्नुभयो, ‘नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न देश हो ।

Loading...

Related News

आप्रवासी प्रवेश रोक्न मेक्सीको सिमामा अमेरिकाले ५२ सय फौज पठाउँदै

एजेन्सी काठमाडौं, १३ कात्तिक । अमेरिकाले मेक्सीको हुँदै अमेरिका छिर्ने आप्रवासीलाई रोक्न ५२ सय फौज परिचालन गर्ने भएको छ ।…

अमेरिकामा डढेलो : अग्निनियन्त्रकसहित १० मारिए, ४० हजार विस्थापित

क्यालिफोर्निया, १३ साउन / अमेरिकाको उत्तरी क्यालिफोर्नियामा शक्तिशाली हावाहुरीले डढेलो फैलिरहँदा त्यहाँबाट झण्डै ४० हजार मानिसलाई अन्यत्र सारिएको छ। डढेलो शुरू…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी