कञ्चनपुरमा सरकारले संयमता अपनाउनुपर्छ – मन्त्री बीना मगर

157 Hits

काठमाडौं,८ भदौ ।

खानेपानी मन्त्री बीना मगरले कञ्चनपुरको भीमदत्त नगरपालिकामा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउन सरकारसमक्ष माग गरेकी छिन् ।


गैर आवासीय संघले आयोजना गरेको मध्यपूर्व एनआरएन भेलाको क्रममा संयुक्त अरब इमिरेट्समा रहनु भएकी मन्त्री मगरले एक कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले हत्यार पत्ता लगाएर कार्वाही गर्नुपर्ने माग गरेकी हुन ।
“म सरकारको मन्त्री भन्दा पहिला कञ्चनपुरको निर्वाचित प्रतिनिधि हुँ, त्यसैले सरकारले कञ्चनपुरको घटनालाई गम्भीरतापूर्वक लिनुपर्छ ।”

मन्त्री मगरले भनिन, “निर्मलाको हत्याले हामी सबै स्तब्ध छौं, फेरी पनि आन्दोलनमा बल प्रयोग हुँदा थप मृत्यु हुँदा पीडा थपेको छ । सरकारले यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ ।”
निर्मला पन्तको हत्या भएलगत्तै सात नम्बर प्रदेशका जनप्रतिनिधिको नेतृत्व गर्दै गृहमन्त्रीलाई भेटेर तत्काल अनुसन्धानको कार्य अघि बढाउन र हत्याराको खोजी गरी कार्वाही गर्न माग गरेको बताउँदै मन्त्री मगरले गृह प्रशासनबाट घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने माग गरि ।
“बलात्कारपछि हत्याको घटनालार्ई अवसरको रुपमा प्रयोग गर्ने सम्भावना प्रति सचेत हुनुपर्छ ।” मन्त्री मगरले अगााडि थपिन् , “तर आम सर्वसाधारणले सरकारबाट वास्तविक दोषीलाई खोजी गरी कार्वाही गर्नुपर्ने आशा गरेका छन् । यो कुरामा गृह मन्त्रालय सचेत हुनुपर्छ ।”

कञ्चनपुरका आन्दोलनमा चर्किएपछि प्रहरीको गोली लागेर एकजना बालकको मृत्यु भएको सुन्दा आफू झनै स्त्बध भएको बताउँदै मन्त्री मगरले सुरक्षा निकायलाई आन्दोलनमा आक्रामक नहुन समेत आग्रह गरिन् । मन्त्री मगरले आन्दोलनकारी र सुरक्षा निकाय दुबैलाई संयमित हुन अपील गर्दै पीडामाथि थप पीडाको वातावरण सिर्जना नगर्न अपील गरिन्  । “जनता पीडामा छन्, उनीहरुले न्याय खोजेका छन्, यो संवेदनशीलतालाई बुझेर सुरक्षाकर्मीहरुले सुरक्षाका उपाय अपनाउनु पर्छ, आन्दोलन अराजक हुन नदिन आम जनताले विशेष सतर्कता अपनउनु जरुरी भएसँगै आन्दोलनमा अनावश्यक बल प्रयोग रोक्नेतर्फ सुरक्षाकर्मीले संयमता देखाउनु जरुरी छ ।”
गृह मन्त्रालयले सहसचिवको नेतृत्वका छानबीन समिति गठन गरेपछि स्थिति सामान्य हुने आँकलन गरेपनि आन्दोलनमा बल प्रयोग भएपछि असामान्य अवस्था बनेको कारण आफू चिन्तित भएको वहाँले बताइन्् । अाफ  कार्यक्रम र्छोट्टयार छिटै नेपाल जाने योजनामा रहेकाेे बताउँँँदै   उनले कञ्चनपुरको प्रतिनिधि भएको नाताले निर्मलालाई न्याय दिन र जनताको मनोभावलाई सम्बोधन गर्न मैले भूमिका निर्वाह गर्ने बतााएकी छिन् ।

Loading...

Related News

मेलम्चीका गाडीहरू तत्काल फिर्ता गराउन मन्त्री मगरले गरिन् निर्देशन

काठमाडौं, १३ कार्तिक । खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी विकास समितिका नाउँमा रहेका र अन्यत्र प्रयाेग भइरहेका विभिन्न गाडीहरु…

तराईका २२ जिल्लामा शुद्ध खानेपानी दिने मन्त्री बीना मगरको यस्तो योजना

नवलपरासी, २७ असोज– खानेपानी मन्त्री बीना मगरले तराईका २२ जिल्लामा शुद्ध खानेपानी दिलाउने प्रतिवद्धता ब्यक्त गरेकी छिन् । उनले ती…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी