लमजुङका सिडीओ नै नालीमा फोहोर टिप्दै हिँडेपछि (फोटो फिचर)

120 Hits

लमजुङ, ८ भदौ ।
फोहोर भन्ने वित्तिकै ठूला र भिआइपी भन्ने हरु नाक थुनेर हिँड्ने गर्दछन् । तर यहाँ जिल्लाको सबैभन्दा ठूलो पदमा आसिन सिडिओ नै फोहोर टिप्दै आफ्नै घर अगाडि आएपछि सदरमुकामवासी दंग परे ।

शुक्रबार विहानै प्रदेश सांसद मधु अधिकारी, बेशीसहर नगर प्रमुख गुमानसिंह अर्याल प्रमूख जिल्ला अधिकारी झंक ढकाल सहितको सरकारी टोली र मेयर सहितका पदाधिकारीहरु फोहोर टिप्दै र नाली सफा गर्दै बेशीसहर नगरपालिकाको मनांगे चौतारादेखि मजुवा खोलासम्म झरेका थिए ।
बेशीशहर नगरपालिकाको नेतृत्व र जिल्ला प्रशासन कार्यालय लमजुङको विशेष समन्वयमा भव्यताका साथ शुरूवात भएको जनचेतनामूलक बेशीशहर बजार सरसफाई अभियान भव्य रुपमा सफल भएको प्रजिअ ढकालले जानकारी दिए ।

ढकालले सहभागी हुनुहुने माननीय गण्डकी प्रदेशका सांसद, नगर प्रमुख, सम्पूर्ण राजनीतिक दलका नेता एवं कार्यकर्ताहरू,स्थानीय जनप्रतिनिधिहरू,सम्पूर्ण सरकारी कार्यालयका कर्मचारीहरू, सुरक्षाकर्मीहरू, उद्दोगी व्यवसायीहरू, गैरसरकारी संस्थाका सदस्यहरू, विभिन्न टोलमा रहेका आमाबाबा समूहहरू, बेशीशहर नगर क्षेत्रमा रहेका युवा क्लव, टोल सुधार समितिका सदस्यहरू, निजी क्षेत्रका बैक, वित्तिय संस्थासहित अन्य निजी क्षेत्रका प्रतिष्ठानहरू, सहकारी संस्थाहरू, सम्पूर्ण सञ्चारकर्मी मित्रहरू सहित सबैलाई धन्यवाद प्रकट गरेका छन् ।
उनले बेशीशहर बजारलाई स्वच्छ, सफा र हराभरा नगर बनाउन आगामी दिनमा हुने सरसफाई अभियान निरन्तर जारी रहने र अझै सक्रिय सहभागिताको अपेक्षा गरेको बताएका छन् ।

अभियानमा आफ्नो घर आंगन वरपर आफैं सफा गरौं । तोकिएको स्थानमा मात्र फोहर व्यवस्थापन गरौं । सफा रहौं स्वस्थ बनौं । सभ्य समाज निर्माण गरौं । सकारात्मक सोचको विकास गरौं
भन्ने व्यानर बोकीएका थिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी