कञ्चनपुर घटनाका घाइतेलाई गृहमन्त्रीले भेटे

74 Hits

काठमाडौं, ८ भदौ।

कञ्चनपुरमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका अर्जुन भण्डारीलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भेटेका छन् ।

शुक्रबार बिहान त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर थापाले भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

कञ्चनपुरमा भएको आन्दोलनका क्रममा बिहीबार गोली लागेर ४ जना घाइते भएका थिए । त्यसमध्ये भण्डारीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

अस्पतालमा भण्डारीका आफन्तलाई कुराकानी गर्दै गृहमन्त्री थापाले सरकारले घाइतेको निःशुल्क उपचार गर्ने आश्वसन दिए । साथै, घाइतेको स्वास्थ्य लाभको कामना समेत व्यक्त गरे । घटनाबारे अनुसन्धान गर्न उच्च स्तरीय समिति गठन भइसकेको छ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी