कञ्चनपुरको प्रजिअमा तारानाथ अधिकारी र प्रहरी प्रमुखमा एसपी कुबेर कडायतलार्इ जिम्मेवारी

492 Hits

काठमाडौं, ८ भदौ। कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी (सीडीओ) मा तारानाथ अधिकारी र जिल्ला प्रहरी प्रमुखका रूपमा एसपी कुबेर कडायतलार्इ जिम्मेवारी दिइएको छ।

बिहीबार प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलार्इ सरुवा गरिएपछि अधिकारी र कडायतलार्इ जिम्मेवारी दिइएको छ ।

प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसपी अधिकारीलार्इ विष्टको ठाउँमा खटाइएको हो।  यसैगरी, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीलार्इ पनि हेडक्वार्टर तानिएको छ। डीएसपी सेटीको ठाउँमा डीएसपी कृष्ण ओझालार्इ कञ्चनपुर पठाइएको छ।

तीन दिनअघि प्रहरीले मानसिक सन्तुलन ठीक नभएका एक जनालाई हत्याको अभियुक्त भन्दै सार्वजनिक गरेपछि स्थानीयस्तरमा आक्रोश चुलिएको हो। सोही प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा सात जना घाइते भएका छन्। स्थिति थप तनावग्रस्त भएपछि एसपी र सीडीओलार्इ सरुवा गरिएको थियो।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी