साउदी अरबमा महिला अधिकारकर्मीलाई मृत्युदण्डको माग

95 Hits

दुबई । साउदी अरबमा पहिलो पटक महिला अधिकारकर्मीहरूलाई मृत्युदण्डको माग गरिएको छ । सार्वजनिक अधिकारको पक्षमा आवाज उठाइरहेका महिला अधिकारकर्मीसहित ५ जनाका विरुद्धमा मृत्युदण्डको माग गरिएको हो ।

सुन्नीको नियन्त्रणमा रहेको र तेलको पर्याप्त खानी रहेको पुर्वी प्रान्त शिया क्षेत्रमा विरोध प्रदर्शन गरेकाहरूलाई मानवअधिकार उलङ्घन गरेको आरोप लगाइएको छ । सन् २०११ देखि पूर्वी प्रान्तमा प्रदर्शन गर्दै आइरहेकी महिला अधिकारकर्मी इश्रा अल गोमघाम मानवअधिकार हननसम्वन्धी अभियोगमा मृत्युदण्डको सजाय तोकिने पहिलो महिला भएका छन् ।
उनीहरुलाई सन् २०१५ को डिसेम्बर महिनामा उनकै घरबाट श्रीमान्सहित नियन्त्रणमा लिइएको एम्नेष्टी इन्टरनेशनल र ह्युमन राईस् वाचले यसै हप्ता छुट्टा छुट्टै सूचनामार्फत जनाएका छन् । “सरकार विरोधी प्रदर्शनमा सम्लग्न भएको अभियोगमा इश्रा सहित ५ जनाले अहिले भयावह दण्ड सजाय भोगिरहेका छन्,” एम्नेष्टी इन्टरनेशनलका मध्यपूर्व निर्देशक समाह हाडिडले भने ।
उनले यो निर्णय फिर्ता लिन साउदी अरबका अधिकारीसँग आग्रह गरिरहेको जानकारी दिए । तर आफुहरूको आग्रहका बारेमा उनीहरूले अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको पनि उनले बताए ।-एएफपी

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी