तेश्रो पटक पनि गिरफ्तार गरिए विप्लव समुहका प्रवक्ता प्रकाण्ड, समस्याको समाधान के ?

219 Hits

काठमाडौं, ७ भदौ ।
पुर्व माओवादी नेता तथा नेकपा विप्लव समुहका प्रवक्ता खड्गबहादुर विक प्रकाण्ड तेश्रो पटक गिरफ्तार गरिएका छन् । सर्वोच्च अदालतले छाड्ने आदेश दिएपछि प्रकाण्डलाई प्रहरीले पुन सर्वोच्च अदालतको गेट बाहिरबाट पक्राउ गरेको हो ।


दोस्रो पटकको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहसपछि सर्वोच्चका न्यायाधिश केदारप्रसाद चालिसे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले विपक्षीले गरेको गिरफ्तार दाबी कानूनसम्मत नभएको भन्दै तत्काल रिहा गर्न आदेश दिएको थियो ।

चन्दा आतंक मच्चाएको आरोपमा २३ साउनमा काठमाडौं आउँदै गरेका बेला पक्राउ गरिएका प्रकाण्डलाई उनको छोराले हालेको वन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गदै रिहा गर्न आदेश दिएको थियो । उनलाई सर्वोच्चले रिहा गरेलगत्तै त्यसपछि काभ्रेको बम काण्डको आरोपमा सर्वोच्च गेटबाट पक्राउ गरि काभ्रे लगिएको थियो ।

पुन उनलाई रिहा गर्नको लागि परेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै विहिवार सर्वोच्चले रिहा गर्न आदेश दिएपछि बाहिर निस्कन लागेका प्रकाण्डलाई फेरी भोजपुरको बम काण्डको अभियोगमा पुन पक्राउ गरिएको हो । उनीमाथि नुवाकोट लगायतका स्थानमा बम विष्फोट गराएको अभियोग पनि छ । त्यसैगरी उनीमाथि टेलिकमको टावरमा विष्फोट गराएको तथा भक्तपुरका मेयरमाथि आक्रमण गरेको एवं भ्रष्ट चुडामणी शर्माको घरमाथि आक्रमण गरेको समेत अभियोग लगाइएको छ ।
प्रकाण्डले आफूमाथि राज्यले षड्यन्त्र गरिरहेको अरोप लगाएका छन् भने उनको पार्टीले यसलाई राज्य आतंकको संज्ञा दिंदै आन्दोलन शसक्त पाने बताएको छ । यस अघि उनको पक्राउ विरुद्ध नेपाल बन्द सम्मको आन्दोलनका कार्यक्रम गरिसकेको विप्लव समुहले अब कस्तो स्टेप चाल्छ त्यो भने हेर्न बाँकी छ ।
नागरिक समाज र पुर्व माओवादी घटकहरुले भने राजनीतिक समस्याको समाधान द्धन्द्धबाट नभई  राजनीतिक  तवरले नै संवादमार्फत हल गर्न सामाजिक सञ्जालमार्फत दवाव दिइरहेका छन् ।

तेश्रो पटक पनि गिरफ्तार गरिए पुर्व माओवादी नेता प्रकाण्ड, समस्याको समाधान के
पुर्व माओवादी नेता तथा नेकपा विप्लव समुहका प्रवक्ता खड्गबहादुर विक प्रकाण्ड तेश्रो पटक गिरफ्तार गरिएका छन् । सर्वोच्च अदालतले छाड्ने आदेश दिएपछि प्रकाण्डलाई प्रहरीले पुन सर्वोच्च अदालतको गेट बाहिरबाट पक्राउ गरेको हो ।
दोस्रो पटकको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहसपछि सर्वोच्चका न्यायाधिश केदारप्रसाद चालिसे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले विपक्षीले गरेको गिरफ्तार दाबी कानूनसम्मत नभएको भन्दै तत्काल रिहा गर्न आदेश दिएको थियो ।

चन्दा आतंक मच्चाएको आरोपमा २३ साउनमा काठमाडौं आउँदै गरेका बेला पक्राउ गरिएका प्रकाण्डलाई उनको छोराले हालेको वन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गदै रिहा गर्न आदेश दिएको थियो । उनलाई सर्वोच्चले रिहा गरेलगत्तै त्यसपछि काभ्रेको बम काण्डको आरोपमा सर्वोच्च गेटबाट पक्राउ गरि काभ्रे लगिएको थियो ।

पुन उनलाई रिहा गर्नको लागि परेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै विहिवार सर्वोच्चले रिहा गर्न आदेश दिएपछि बाहिर निस्कन लागेका प्रकाण्डलाई फेरी भोजपुरको बम काण्डको अभियोगमा पुन पक्राउ गरिएको हो । उनीमाथि नुवाकोट लगायतका स्थानमा बम विष्फोट गराएको अभियोग पनि छ । त्यसैगरी उनीमाथि टेलिकमको टावरमा विष्फोट गराएको तथा भक्तपुरका मेयरमाथि आक्रमण गरेको एवं भ्रष्ट चुडामणी शर्माको घरमाथि आक्रमण गरेको समेत अभियोग लगाइएको छ ।
प्रकाण्डले आफूमाथि राज्यले षड्यन्त्र गरिरहेको अरोप लगाएका छन् भने उनको पार्टीले यसलाई राज्य आतंकको संज्ञा दिंदै आन्दोलन शसक्त पाने बताएको छ । यस अघि उनको पक्राउ विरुद्ध नेपाल बन्द सम्मको आन्दोलनका कार्यक्रम गरिसकेको विप्लव समुहले अब कस्तो स्टेप चाल्छ त्यो भने हेर्न बाँकी छ ।
नागरिक समाज र पुर्व माओवादी घटकहरुले भने राजनीतिक समस्याको समाधान द्धन्द्धबाट नभई राजनीीतक तवरले नै संवादमार्फत हल गर्न सामाजिक सञ्जालमार्फत दवाव दिइरहेका छन् ।

Loading...

Related News

संविधानसभाकी पुर्व  सभासद उमा भुजेल पक्राउ, प्रहरीले दिएन सूचना

काठमाडौं, १२ भदौ । संविधानसभाकी पुर्व  सभासद उमा भुजेल गिरफ्तार भएकी छीन् । चर्चित माओवादी नेतृ उमा भुजेल (शिलु)लाई प्रहरीले…

अहिलेसम्म विप्लव समुहका काे काे परे पक्राउ ?

काठमाडौं – सर्पको खुट्टा सर्पले नै देख्छ भनेजस्तै विगतमा सँगसँगै लडेभिडेका गृहमन्त्री रामबहादुर थापाले आफ्नै पूर्वसहकर्मी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी